Saturday, September 18, 2021

प्रेस विज्ञप्ति: कक्षा ६-१२ सम्म अध्ययनरत विद्यार्थीका लागि प्रतियोगिता हुँदै!


मिति: असोज २, २०७८



प्रेस विज्ञप्ति
कक्षा ६-१२ सम्म अध्ययनरत विद्यार्थीका लागि प्रतियोगिता हुँदै



नेपाल एष्ट्रोनोमिकल सोसाइटी (नासो) ले राष्ट्रिय विज्ञान दिवस (असोज १), विश्व अन्तरिक्ष सप्ताह (अक्टोबर ४-१०) तथा विश्व विज्ञान दिवस (नोवेम्बर १०) को संदर्भ परेर संचालन गर्दै आएको राष्ट्रिय अन्तरिक्ष चित्रकला तथा अनलाइन वक्तृत्वकला प्रतियोगिताको लागि विद्यालयतहको कक्षा ६ देखि १२ सम्म अध्ययनरत ईच्छुक विद्यार्थीहरुले असोज ९, २०७८ सम्म हाम्रो वेइभसाइट मार्फत आफ्नो आवेदन दर्ता गर्न सक्नेछन

दुवै प्रतियोगिताका लागि यो वर्षको शिर्षक 'अन्तरीक्ष विज्ञानमा महिला' तय गरिएको छ। इच्छुक विद्यार्थीहरुले यसै शीर्षकमा केन्द्रित रहेर आफ्नो रचना अनलाइन फारम मार्फत हाम्रो कार्यालयमा पठाउन पर्नेछ। यो वर्षबाट वक्तृत्वकलामा विद्यार्थीहरूको रचनात्मक प्रस्तुतिलाई स्थान दिन भिडियो संपादन गर्न छुट दिइएको छ। त्यस्तै चित्रकलाका सम्बन्धमा पनि विद्यार्थीहरुले आफ्नो रचनालाई बढीमा एक मिनटमा व्याख्या गरेको भिडियो बनाएर पठाउनुपर्नेछ। यसरी प्राप्त रचनाहरूमध्ये उत्कृष्ट रचनाहरू नेपाल एष्ट्रोनोमिकल सोसाईटीको आधिकारिक युट्युब च्यानलमा जनमतको लागि राखिनेछ। पुरस्कार संबन्धि निर्णय गर्दा ५०% जनमत तथा ५०% निर्णायक मण्डलको मूल्याङ्कनलाई आधार बनाइनेछ।

प्रतियोगितामा आवेदन गरिएका रचना प्रतियोगिता अवधिभर अन्य कुनै स्थानमा सार्वजनिक गर्न पाइने छैन। यस्तो गरेको पाईएमा उक्त रचना प्रतियोगिताबाट हटाइनेछ। यी दुवै प्रतियोगितामा सहभागी सम्पूर्ण विद्यार्थी भाईबहिनीहरुलाई प्रोत्साहन स्वरुप सहभागिताको प्रमाणपत्र प्रदान गरिनेछ।

पाचौं राष्ट्रिय अन्तरिक्ष चित्रकला प्रतियोगिताको लागि कक्षा ६ देखि ८ सम्म अध्ययनरत विद्यार्थी भाईबहिनीहरुले आवेदन दिन सक्नेछन । प्रतियोगितामा प्रथम हुनेले टेलिस्कोप, पदक तथा प्रमाणपत्र प्राप्त गर्नेछन भने दोस्रो र तेश्रो हुनेले क्रमश: गिफ्ट ह्याम्पर, पदक तथा प्रमाणपत्र प्राप्त गर्नेछन।

त्यस्तै तेस्रो राष्ट्रिय अनलाइन अन्तरिक्ष वक्तृत्वकला प्रतियोगितामा कक्षा ९ देखि १२ सम्म अध्ययनरत विद्यार्थी भाईबहिनीहरुले आवेदन दिन सक्नेछन। प्रतियोगितामा प्रथम, दोश्रो तथा तेस्रो हुने विद्यार्थी भाईबहिनीहरुलाई पुरस्कार स्वरुप क्रमश: नगद रु १०,०००, रु ५,००० तथा रु ३,००० साथै पदक र प्रमाणपत्र प्रदान गरिनेछ।

प्रतियोगिता संबन्धि नियम तथा दर्ता प्रक्रिया बारे सम्पूर्ण जानकारीका लागि www.nepalastronomicalsociety.org/spaceweek हेर्नुहोला। थप जानकारी चाहिएमा, हाम्रो कार्यालयको संपर्क नं ९८४३७०८२४८ मा संपर्क गर्नसक्नुहुनेछ।



धन्यवाद,
सुरेश भट्टराई
अध्यक्ष
नेपाल एष्ट्रोनोमिकल सोसाइटी




Tuesday, August 31, 2021

Thirty Juniors will participate in the second round of NAO2021!

After the careful evaluation of all the documents including the online test that we held on June 26, 2021 across the country, we have selected 30 students to join us for the second round. The second round is also known as pre-closed camp where students get an opportunity to explore their writing, exploring and instrumentation skills.


Congratulations to all the students selected for the second round. Selected students will receive several assignments this month as a part of pre-closed camp which they need to submit to our office virtually or physically depending upon the type of the assignments. As we are pacing COVID-19 pandemic, the nature of the assignments may vary in order to help students to avoid contacts with people outside their home hence infection! Stay home, stay safe! 

About NAO:
National Astronomy Olympiad (NAO) is an early stage talent hunt program for the school students in Nepal. It’s an annual program for junior (class 8-10) and senior (class 11-12) students in Nepal providing an opportunity to learn communication, collaboration, critical thinking and critical writing to for their personal growth to support their academic career in STEAM field in future. The program has three stages namely first round (entrance exam), second round (pre-closed camp) and third round (closed camp) respectively which are usually held between January -July of each year. This year due to COVID-19, we have faced some delays in our program.



To learn more about the program, please www.naso.edu.np

What after NAO?
NAO is a gateway for the deserving students to get eligible for the participation at the following international Olympiads:
  • International Olympiad on Astronomy and Astrophysics (IOAA): for senior students only
  • International Olympiad on Astronomy and Astrophysics junior (IOAAjr): proposed event for juniors students only
  • International Astronomy Olympiad (IAO): for both senior and junior students
  • Asian-Pacific Astronomy Olympiad (APAO): for both senior and junior students
For more information about Nepal's preparations for these international Olympiads, please call NASO Office at 9843708248 or visit our office located at Battishputali, Kathmandu! 

Friday, August 27, 2021

Press Release: NASO hosts OAE Node Nepal!

Date: August 27, 2021



Press Release

NASO hosts OAE Node Nepal

We are pleased to announce that the Nepal Astronomical Society (NASO) received the honor of hosting the first Node of the IAU Office of Astronomy for Education network. The OAE Node Nepal joins the OAE Center Italy and the OAE Center Cyprus in a growing network of larger OAE Centers and smaller OAE Nodes. The OAE Node Nepal is a collaboration between the International Astronomical Union (IAU), the Office of Astronomy for Education (OAE), and the Nepal Astronomical Society (NASO). As a host of the OAE Node Nepal, NASO will closely work with IAU for an exciting future of fruitful collaborations.


We expect to have the opportunity to offer and learn from our national, regional and international partners, playing a leading role in educational engagement. It will focus on citizen-science projects in low-tech environments, teacher training programs and training for astronomy Olympiads whilst working to build the OAE’s network of collaborations particularly in the SAARC region and, more generally, with countries facing similar challenges around the globe.

Teresa Lago, IAU General Secretary, says, “I am very pleased to see the rapid growth of the network of OAE Centers and Nodes. This is a confirmation, not only of the real need for the OAE as a fundamental pillar for the IAU to achieve its strategic goals, but also of the worldwide recognition of the relevance of the OAE’s activities and the willingness to be involved in them as a closer partner”.

Markus Pössel, the OAE Director, says: “Supporting astronomy education world-wide is a massive endeavor, and requires a team of strong partners. We are happy to welcome our colleagues from Nepal to that team- it is great that the Nepal Astronomical Society have taken the step to dedicate significant resources to our common goal!”


About NASO:

The Nepal Astronomical Society (NASO) is a not-for-profit organization in Nepal. Its main aim is to create a strong scientific community within the country. It provides a common platform for all astronomy/astrophysics/space science enthusiasts. It promotes science & technology via its outreach, education and research activities on astronomy and space science. It is also hosting IAU NOC Nepal Committee and IAU NAEC Nepal Teams and World Space Week Nepal Committee respectively.

For more info: www.nepalastronomicalsociety.org


About OAE:

Founded by the IAU in December 2019, the OAE is hosted by the Haus der Astronomie (HdA) and the Max Planck Institute for Astronomy located in Heidelberg, Germany, with a mission to promote and support the development and improvement of astronomy education and related sciences all over the world. In pursuit of its mission, the OAE is building a network of collaborators and partners. In particular, this includes a network of National Astronomy Education Coordinators, who volunteer to act as liaison between the OAE and specific countries, and a network of OAE Centers and OAE Nodes: “branch offices” funded by suitable host organizations that have an interest in furthering astronomy education. HdA’s hosting the OAE was made possible through the support of the German foundations the Klaus Tschira Foundation and the Carl Zeiss Foundation.

For more info: https://www.haus-der-astronomie.de/OAE


About IAU:
The IAU is the international astronomical organization that brings together more than 12 000 active professional astronomers from more than 100 countries worldwide. Its mission is to promote and safeguard astronomy in all its aspects, including research, communication, education and development, through international cooperation. The IAU also serves as the internationally recognized authority for assigning designations to celestial bodies and the surface features on them. Founded in 1919, the IAU is the world's largest professional body for astronomers.

For more info: https://www.iau.org



Contacts for further information:
Suresh Bhattarai
Chairperson
Nepal Astronomical Society
Cell: +977 981 87 34 326

Niall Deacon
Coordinator
IAU Office of Astronomy for Education


Lars Lindberg Christensen
IAU Press Officer

Wednesday, August 25, 2021

प्रेस विज्ञप्ति: आजबाट हामी पन्ध्रौं वर्षमा प्रवेश!


मिति: भदौ ९, २०७८


प्रेस विज्ञप्ति
आजबाट हामी पन्ध्रौं वर्षमा प्रवेश

नेपालमा खगोल तथा अन्तरिक्ष विज्ञान सम्बन्धि जनचेतनामुलक गतिविधि गर्दै, यस क्षेत्रमा अध्ययन एवं अनुसन्धानका लागि वातावरण सृजना गर्ने अभियानका साथ वि. सं. २०६४ सालबाट शुरु भएको हाम्रो यात्रा विभिन्न आरोह/अवरोह पार गर्दै आजबाट विधिवत् रूपमा चौध वर्ष पुरा गर्दै पन्ध्र वर्षमा प्रवेश गरेको जानकारी यहाँहरुसामु प्रस्तुत गर्न पाउँदा निकै हर्षित छौं। हामीलाई थाहा छ यो हर्षसंगै थप चुनौतीहरू हामीसामु आउँनेछन्। देश तथा विदेशमा रहनुहुने हाम्रा कनिष्क, असोसियट, साधारण, आजीवन सदस्यहरू तथा अहोरात्र खट्ने स्वयंसेवकहरु यस्ता चुनौतीहरूको सामना गर्दै देशमा थप अवसरका आयामहरु सृजना गर्न सधैं अग्रसर रहने कुरा यसै प्रेस विज्ञप्ति मार्फत् व्यक्त गर्न चाहन्छौं ।


नेपाललगायत एसियाप्रशान्त एवं मध्यपूर्व क्षेत्रका देशहरूमा हाम्रो ज्ञानलाई बाढ्ने अभियानमा हामीलाई विश्वास गरी सहकार्यका लागि अग्रसर विभिन्न संघ/संस्था/विद्यालय तथा विश्वविद्यालयहरू प्रति हामी आभार व्यक्त गर्दछौं। नेपालमा बसेर के नै गर्न सकिएला र? भन्नेहरुका लागि हाम्रो अभियान आफैंमा एउटा चुनौती हुन सक्छ।

साथै विगतका भोगाइहरूबाट प्राप्त अनुभवसंगै यहाँहरूको साथ र सहयोगमा नेपाल अनि नेपालीको विश्वमानचित्रमा एउटा छुट्टै पहिचान बनाउने प्रयासलाई अझै सशक्त बनाउँदै लैजानेछौं। यसै सिलसिलामा कोभिड-१९ कै महामारीबीच केहि महत्त्वाकाङ्क्षी योजनाहरू सुरु गर्ने प्रयास गर्दैछौं। यस्ता महत्त्वाकाङ्क्षी योजनाहरूबारे आगामी दिनमा थप जानकारी दिदै जानेछौं।

विगत् १४ वर्षमा यहाँहरुले देखाउनुभएको सद्भाव, माया, विश्वास, सहयोगको लागि हार्दिक धन्यवाद् आभार व्यक्त गर्न चाहन्छौं। साथै, आगामी दिनमा अझै धेरै सहयोग, साथ, विश्वास र मायाको अपेक्षा पनि गर्दछौं।


धन्यवाद्।
सुरेश भट्टराई
अध्यक्ष
नेपाल एष्ट्रोनोमिकल सोसाईटी

Tuesday, August 17, 2021

प्रेस विज्ञप्ति: दुईदेशीय खगोल विज्ञानको विकासका लागि संझौता!

 मिति: भदौ १, २०७८


प्रेस विज्ञप्ति
दुईदेशीय खगोल विज्ञानको विकासका लागि संझौता

दक्षिणपूर्वी एसियाली राष्ट्र ब्रुनेईमा नेपालमा अभ्यास गरिएका खगोलविज्ञान संबन्धि गतिविधि प्रचारप्रसार गर्न र नेपालमा यस क्षेत्रमा काम गर्दा संकलित ज्ञान हस्तान्तरण गर्दै खगोलविज्ञानको विकासका लागि सहकार्य मार्फत् अगाडि बढ्न नेपाल एष्ट्रोनोमिकल सोसाईटी (नासो) तथा ब्रुनेई दारुस्सलाम एस्ट्रोनोमिकल सोसाइटी (पाब्ड) बीच पन्ध्र वर्षको लागि सहमति भएको जानकारी गराउँन पाउँदा निकै हर्षित छौं।


गत साउन ३२ गते सोमबार आयोजित भर्चुअल भेलामा दुवैसंस्थाका अधिकारीहरूको उपस्थितिमा नेपाल एष्ट्रोनोमिकल सोसाईटीको तर्फबाट संस्थाका अध्यक्ष सुरेश भट्टराई तथा ब्रुनेई दारुस्सलाम एस्ट्रोनोमिकल सोसाइटीका तर्फबाट संस्थाका अध्यक्ष अवाङ् हाजी महादी बिन हाजी ताहिरले संझौतापत्रमा हस्ताक्षर गर्नुभयो।

सहमति अनुसार दुवै संस्थाले विभिन्न चार मुख्य क्षेत्रको प्रचारप्रसार तथा कार्यान्वयनका लागि काम गर्नेछन्।
  • विभिन्न तथ्याङ्क केन्द्रित नागरिक विज्ञान परियोजनाहरू आयोजना गर्ने
  • खगोलविज्ञान संबन्धि दुईदेशीय सञ्चार संजालको समन्वय गर्ने
  • यस्ता गतिविधिहरूलाई कार्यान्वयन गर्न आवश्यक कोष संकलन गर्ने
  • दुवै देशमा खगोलविज्ञानको विकासलाई टेवा पुर्याउन आपसी हितका अन्य क्षेत्रहरुमा सहकार्य गर्ने
यस सहमतिले दुवै देशमा बलियो वैज्ञानिक समुदाय निर्माण गर्न, खोज अनुसन्धानको वातावरण बनाउन, विभिन्न तालिम तथा अन्तरक्रिया कार्यक्रमहरू मार्फत् दुईदेशीय क्षमता विकास गर्न तथा संयुक्त खगोलविज्ञान परियोजनाहरू संचालन गर्न भूमिका खेल्ने आशा लिईएको छ।
नेपालमै बसेर नेपाली तथा विश्वसमुदायको लागि काम गर्ने हाम्रो अभियान जारी छ। यो कार्य कठिन भएता पनि असम्भव भने होइन भन्ने संदेश देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमाझ व्यक्त गर्न चाहन्छौं। नेपाल एष्ट्रोनोमिकल सोसाईटीको टोलीलाई यदि राज्यको साथ, समर्थन तथा सहयोग भए विश्वमानचित्रमा खगोलविज्ञानको क्षेत्रमा नेपालको विशेष/छुट्टै छवि बनाउने हाम्रो अभियानलाई द्रुतगतिमा अगाडि बढाउन सकिने कुरा पनि यसै प्रेस विज्ञप्ति मार्फत् व्यक्त गर्न चाहन्छौं।
सहमति तथा हाम्रा गतिविधिहरू संबन्धि थप जानकारीका लागि हाम्रो कार्यालयको संपर्क नं ९८४३७०८२४८ मा संपर्क गर्नसक्नुहुनेछ ।
धन्यवाद्,
सुरेश भट्टराई
अध्यक्ष
नेपाल एष्ट्रोनोमिकल सोसाईटी

Friday, August 13, 2021

प्रेस विज्ञप्ति: पुरस्कार वितरण कार्यक्रम संपन्न!

मिति: साउन २९, २०७८


प्रेस विज्ञप्ति
पुरस्कार वितरण कार्यक्रम संपन्न

कोभिड-१९ को कारण रोकिएको 'वर्ड स्पेस विक' संबन्धि विद्यालयतहका विद्यार्थी लक्षित दुई कार्यक्रमको पुरस्कार वितरण कार्यक्रम आज हाम्रो बत्तीसपुतलीस्थित कार्यलयको प्राङ्गणमा सम्पन्न भयो। कार्यक्रममा उपस्थित विजेताहरुलाई प्रतियोगिता अनुसार पुरस्कार, प्रमाणपत्र, नगद, टेलिस्कोप तथा पदक प्रदान गरियो।


सन् २०१९ मा 'द मुन: गेटवे टु द स्टार्स' थिममा संचालित तेस्रो राष्ट्रिय अन्तरिक्ष चित्रकला प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल क्याम्पियन स्कुल, लगनखेलकी सुश्री सुएन भट्टराईले टेलिस्कोप, पटक एवं प्रमाणपत्र प्राप्त गरिन्। समारोहमा उपस्थित तथा प्रतियोगितामा तृतीय हुन सबल द सेलिब्रेसन को-एड स्कुल, जोरपाटीका श्री अमन बस्नेतले प्रमाणपत्र एवं पदक तथा सान्त्वना पुरस्कार प्राप्त गर्न सफल श्री पञ्चकन्या माध्यमिक विद्यालय, छाउनीकी सुश्री सरिता रम्तेलले प्रमाणपत्र एवं गिफ्ट ह्याम्पर प्राप्त गरे। त्यसैगरी सन् २०२० मा 'स्याटेलाइट्स ईम्प्रुभ लाईफ' थिममा संचालित चौथो राष्ट्रिय अन्तरिक्ष चित्रकला प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल किड्स लर्निङ् स्कुल, कुमारीस्थानकी सुश्री रिना चौधरीले टेलिस्कोप, पटक एवं प्रमाणपत्र तथा द्वितीय हुन सफल बुढानिलकण्ठ स्कुल, बुढानिलकण्ठकी सुश्री निति पछाईले प्रमाणपत्र एवं पटक प्राप्त गरिन्।

कार्यक्रमको दोस्रो भागमा सन् २०१९ एवं २०२० मा संचालित राष्ट्रिय अनलाइन अन्तरिक्ष वक्तृत्वकला प्रतियोगिताहरुलाई सम्मान गर्ने तय भएको थियो। कार्यक्रममा उपस्थित दोस्रो राष्ट्रिय अनलाईन अन्तरिक्ष वक्तृत्वकला प्रतियोगिता २०२० मा द्वीतीय हुन सफल ट्रिनिटी कलेज, डिल्लीबजारका श्री रोहन भट्टराईले नगद रू पांच हजार, पदक तथा प्रमाणपत्र प्राप्त गरे।

पुरस्कार वितरण कार्यक्रममा विविध कारणले उपस्थित हुन असमर्थ विजेताहरूले हाम्रो कार्यालयमा आफ्नो संपर्क गरी आफ्नो पुरस्कार संकलन गर्न सक्नेछन्।

राष्ट्रिय अन्तरिक्ष चित्रकला प्रतियोगिताको लागि टेलिस्कोप प्रायोजन गर्नुहुने मेक इन्जिनियरीङ्गका श्री अर्केत महर्जनज्युले यस्ता किसिमका प्रतियोगिताले विद्यार्थीको प्रतिभालाई उजागर गर्न टेवा पुर्याउने बताउनुभयो। कार्यक्रममा श्री पञ्चकन्या माध्यमिक विद्यालय, छाउनीकी प्रधानाध्यापक श्रीमती रुपा मानन्धर, द सेलिब्रेसन को-एड स्कुल, जोरपाटीका उप-प्रधानाध्यापक श्री सागर दाहालज्युले नेपाल एष्ट्रोनोमिकल सोसाईटीसंगको पहिलो भेटको संझना तथा यसले विद्यालय तहका विद्यार्थी तथा शिक्षकका संचालन गर्ने कार्यक्रमहरुको प्रशंसा गर्नुभयो। कार्यक्रममा 'वर्ड स्पेस विक' का लागि नेपाल संयोजक तथा नेपाल एस्ट्रोनोमिकल सोसाइटीकी निर्देसक/परियोजना संयोजक सुश्री मनिषाद्वाले विजयी संपूर्णमा बधाई दिदै सन् २०२१ को लागि यी दुई प्रतियोगिताको आवेदन छिट्टै खुलाईने बताउनुभयो। साथै उहाँले यो वर्षको थिम 'विमिन इन स्पेस' रहेको जानकारी गराउनुभयो।

सन् १९९९ मा संयुक्त राष्ट्रसंघले घोषणा गरेसंगै सन २००० देखी विश्वव्यापी रुममा अक्टोबर ४-१० वा सेरोफेरोमा मनाउन थालिएको वर्ड स्पेस विक कार्यक्रम नेपाल एष्ट्रोनोमिकल सोसाईटीले आफ्नो स्थापनाकाल सन् २००७ देखी हरेक वर्ष विभिन्न कार्यक्रम आयोजना गर्दै राष्ट्रियस्तरमा मनाउँदै आइरहेको छ।

पुरस्कार वितरण कार्यक्रममा उपस्थित संपूर्ण विजेता तथा अभिभावकज्युहरू प्रति हार्दिक धन्यवाद् तथा बधाई दिन चाहन्छौं ।

धन्यवाद्,
सुरेश भट्टराई
अध्यक्ष
नेपाल एष्ट्रोनोमिकल सोसाईटी

Thursday, July 29, 2021

प्रेस विज्ञप्ति: श्री पञ्चकन्या माध्यमिक विद्यालयलाई टेलिस्कोप उपहार

 मिति: श्रावण १४, २०७८


प्रेस विज्ञप्ति
श्री पञ्चकन्या माध्यमिक विद्यालयलाई टेलिस्कोप उपहार

नेपाली सांगीतिक क्षेत्रका एक नक्षत्र श्री योगेश्वर अमात्यज्युले हाम्रो संपर्कमा रही राम्रो प्रदर्शन गरिरहेका सामुदायिक विद्यालयहरूमध्ये एकलाई टेलिस्कोप उपहार दिने इच्छा व्यक्त गरेसंगै उक्त टेलिस्कोप छाउनीस्थित श्री पञ्चकन्या माध्यमिक विद्यालयलाई प्रदान गर्ने निर्णय गरियो। उक्त निर्णय बमोजिम आज विद्यालयका प्रधानाध्यापक श्रीमती रुपा मानन्धरज्युलाई उक्त टेलिस्कोप हस्तान्तर गरिएको छ। टेलिस्कोप पाएर विद्यालयका शिक्षक/शिक्षिका तथा विद्यार्थी निकै हर्षित देखिएका छन्। आगामी दिनमा उक्त टेलिस्कोपको समुचित उपयोग गर्न विद्यालय प्रशासन एवं विद्यार्थी भाइबहिनीहरूलाई हाम्रो निरन्तर सहयोग रहनेछ।


सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको खगोल तथा अन्तरिक्ष विज्ञान प्रतिको रुचि थप उजागर गर्न टेलिस्कोप उपहार दिएर हौसला बढाईदिनुभएकोमा हामी श्री योगेश्वर अमात्यज्यु प्रति हार्दिक धन्यवाद् तथा आभार व्यक्त गर्दछौं। साथै, यस कार्यक्रमलाई समन्वय गर्नुहुने मेक इन्जिनियरीङ्गका श्री अर्केत महर्जनज्युलाई हार्दिक धन्यवाद् व्यक्त गर्दछौं।

कार्यक्रम सम्बन्धि थप जानकारी चाहिएमा हाम्रो कार्यालयमा संपर्क गर्नुहोला।

धन्यवाद्,
सुरेश भट्टराई 
अध्यक्ष
नेपाल एष्ट्रोनोमिकल सोसाईटी 

Friday, July 9, 2021

मनिषा द्वालाई प्रज्ञा प्रतिष्ठान विज्ञान तथा प्रविधि प्रवर्द्धन पुरस्कार!

 मिति: असार २५, २०७८


प्रेस विज्ञप्ति
धन्यवाद् ज्ञापन सम्बन्धमा
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले नेपालमा विज्ञान तथा प्रविधिको विकासमा प्रचारप्रसार (Outreach) को महत्व तथा भुमिकालाई मनन गर्दै यस कार्यमा संलग्न भई राष्ट्रिय/अन्तर्राष्ट्रिय स्तरमा सकृय रही उल्लेख्य योगदान गर्ने व्यक्ति तथा संघ /संस्थालाई संमानित तथा थप प्रोत्साहित गर्ने उद्देश्यले वि. सं. २०४२ सालमा स्थापित 'प्रज्ञा प्रतिष्ठान विज्ञान तथा प्रविधि प्रवर्द्धन पुरस्कार' को वि. सं. २०७७ सालका लागि हाम्री परियोजना संयोजक तथा निर्देशक सुश्री मनिषा द्वालाई वि. सं. २०७८ साल असार २४ गते संमाननीय प्रधानमन्त्री एवं प्रतिष्ठानका कुलपतिज्युले माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री एवं प्रतिष्ठानका सहकुलपति, प्रतिष्ठानका उपकुलपति एवं विभिन्न विशिष्ट अतिथिको उपस्थितिमा प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक विशेष समारोहका संमानित गर्नुभएकोमा हार्दिक धन्यवाद् व्यक्त गर्दछौं।

फोटो: मनिषा द्वा संमाननीय प्रधानमन्त्री एवं प्रतिष्ठानका कुलपतिज्युबाट 'प्रज्ञा प्रतिष्ठान विज्ञान तथा प्रविधि प्रवर्द्धन पुरस्कार २०७७' ग्रहण गर्दै सौजन्य: गोविन्द पोखरेल/नेपाल विज्ञान पत्रकार मञ्च

यो सम्मानले नास्ट लगायत देश भित्र तथा बाहिरका विभिन्न व्यक्ति, संघ, संस्था (विद्यालय तथा विश्वविद्यालयसमेत) संगको सहकार्यमा नेपालमा संचालित खगोल तथा अन्तरिक्ष विज्ञान सम्बन्धि हाम्रा प्रचारप्रसार अभियान तथा कार्यक्रमलाई थप उर्जा मिलेको हामीले महसुस गरेका छौं। साथै यो सम्मानले हामीलाई आगामी दिनमा थप संयमित तथा प्रभावकारी हुदै यस क्षेत्रको विकासमा थप अग्रसर भई काम गर्न हौसला पनि प्राप्त भएको छ।
नेपालमा संचालित खगोल तथा अन्तरिक्ष विज्ञान संबन्धि हाम्रा गतिविधिहरूमार्फत् नेपाललाई यस क्षेत्रमा राष्ट्रिय एवं अन्तराष्ट्रियस्तरमा परिचित तथा स्थापित गर्ने हाम्रो उद्देश्यलाई यस किसिमको उच्च सम्मान प्रदान गर्नुभएकोमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) एवं नेपाल सरकारप्रति हामी हार्दिक आभार व्यक्त गर्न चाहन्छौं। आशा गर्छौं नेपालमै केही गर्ने सोंच भएका एवं बहुआयामिक अवसरहरूको खोजी तथा सृजना गर्ने युवाहरूलाई राज्यले आगामी दिनमा थप प्रोत्साहन तथा सहकार्य एवं लगानीको वातावरण निर्माण गर्नेछ।
धन्यवाद्,
सुरेश भट्टराई
अध्यक्ष
नेपाल एष्ट्रोनोमिकल सोसाईटी

Friday, April 30, 2021

Call for Proposal: Telescopes for All 2021!

We are pleased to share that IAU Office of Astronomy Outreach (IAU OAO) has call for the proposal from people around the world or its new project where they will be distributing 12 telescopes globally. The telescopes are signed by astronauts, Nobel laureates, astronomy communicators and scientists with inspiring roles in their communities.

Submit Your Proposal to IAU NOC by 11:59 PM NPT, May 30, 2021

We welcome proposals for projects that will broaden the horizons of children, parents and educators alike, sparking an interest in science and raise awareness of equal opportunities for pursuing a career in astronomy.


If you want to participate, reach out to IAU National Outreach Coordinator (NOC) for Nepal and present them your proposal to request an endorsement. 

We encourage schools, college, clubs, individuals or amateur groups to apply for this call for proposal so that if they win the telescope they can serve their community with astronomy outreach. Priority will be given to activities that tackle gender equality and take underrepresented groups into account. 

Though IAU National Outreach Coordinators are also eligible to participate, IAU National Outreach Coordinator (NOC) for Nepal will not participate in order to provide equal/fair opportunity to everyone applying from Nepal!

Submission Format:
Submit one paragraph (maximum in 300 words) describing how and where the telescope will be used to inspire underserved children with astronomy in Nepal

Submission Process:
  • Individual/Group submits proposal to IAU NOC for review and recommendation. 
  • IAUNOC/s provide recommendation 
  • Individual/Group submits the proposal and recommendation from NOC to IAU Office of Astronomy Outreach (IAU OAO) via email: public@oao.iau.org with the subject line “Telescopes for All 2021”
Evaluation Criteria:
  • Submissions will be evaluated by a representative from IAU OAO and SSVI and will be considered based on: 
  • Creativity (if your proposal is original or has an original component to it), Impact (how it will affect the communities where it will be implemented), 
  • Sustainability (if and how you will continue to use the telescope beyond the project). 
***Communities that are underserved in terms of telescopes provisions in the area/region will be given priority.***




The Telescopes:
The telescope is a refractor Bresser 90/1200 and will be delivered with a special mount, custom-made by amateur telescopes making group Kijkerbouw of the Public Observatory Armand Pien Belgium for SSVI. The equipment comes complete with a telescope tube, viewfinder, zenith prism, solar filter, 25mm and 15mm Plössl eyepieces, one electronic eyepiece (webcam), tripod and mount. This telescope can be used to observe the Moon, the planets of our Solar System, some of their moons, and the brightest Messier objects (e.g. the Orion Nebula, globular clusters, binary stars). 

IMPORTANT: The use of a solar filter is mandatory to observe the Sun. Severe eye damage will occur if you don't use a solar filter.

Notes on Shipping:
Winners will be sent a telescope (in one single package) with a tracking number. Information about the educational value of the telescope will be included. The recipient of the telescope will be responsible for any local expenses (like customs taxes). It is not possible to resend the telescope, so an accurate address and contact phone number must be provided.

Acknowledgements:
Sterren Schitteren Voor Iedereen (Stars Shine for Everyone - SSVI) is a cooperation between Volkssterrenwacht A.Pien vzw (Public Observatory Armand Pien) and Ghent University. The project is based on the idea that “all children in special education and vulnerable people should have the opportunity to admire the starry sky with the help of a telescope,” according to project leader and founder Jean-Pierre Grootaerd. 

SSVI is carried out by the amateur telescope making group Kijkerbouw of the UGent Public Observatory Armand Pien in Ghent, Belgium. Belgian astronauts Dirk Firmout and Frank De Winne parented the project SSVI and Science4Girls. SSVI is in collaboration with the Euro Space Society and Universe Awareness. 

Bresser has generously donated the telescopes to SSVI and Telescopes for All project. Telescopes for All is also possible thanks to the support from Leiden University.

Agreement with Applicants:
  • All decisions of the project organisers about any aspect of the Telescopes for All, including eligibility or disqualification of applications, comments and images, and final distribution, are final and cannot be appealed. 
  • By submitting information for the Telescopes for All about the conducted proposals, applicants consent to the use, reproduction, publication, transmission and dissemination of their name and information relating to the project by the organisers and/or partners, without compensation, in any publications or promotional material, to promote the projects and its winners. 
  • Telescopes for All and the organisers reserve the right to make changes to the project at any time without prior notice, to temporarily interrupt the project, or to cancel the project without justification or being in any way accountable for this decision. No damages or compensation may be claimed by applicants to the project. 
  • By submitting a proposal, applicants acknowledge that Telescopes for All, the organisers, and collaborators are not responsible for any local expenses (such as customs taxes) associated with receiving the telescope if the applicant wins a telescope. 
  • Telescopes for All, the organisers, and the collaborators are not responsible for injury acquired through the use of a telescope acquired through Telescopes for All. Telescope users are responsible for their use of the telescope. 
For more information, please visit https://www.iau.org/public/telescopecollaboration/

Sunday, March 21, 2021

प्रेस विज्ञप्ति: नेपाली विद्यार्थीका लागि क्युब्स इन स्पेस नासो २०२१ आयोजना हुने

मिति: चैत ८, २०७७



प्रेस विज्ञप्ति
नेपाली विद्यार्थीका लागि क्युब्स इन स्पेस नासो २०२१ आयोजना हुने


नेपालमा स्टिम शिक्षालाई प्रवर्द्धन गर्ने हाम्रो अभियानलाई अगाडी बढाउदै नेपाली विद्यार्थीहरुका लागि अन्तर्राष्ट्रियस्तरको थप अवसर सृजना गर्ने क्रममा अमेरिकी संस्था idoodleedu Inc संग सहकार्य गर्दै नेपालमै पहिलोपटक विद्यालयतहका विद्यार्थीहरुका लागि 'क्युब्स इन स्पेस नासो २०२१' कार्यक्रम आयोजना गर्दैछौं।

अप्रिल १० देखि मे १५ सम्म संचालन हुने पाँच हप्ते विषेश कार्यशालामा ११ देखि १८ वर्ष उमेर समूहका विद्यालयतहमा अध्ययनरत वा विद्यालयतहको पढाइ सकेका तर विश्वविद्यालयतहमा भर्ना नभएका विद्यार्थीले सहभागिता जनाउन सक्नेछन्। देशभरीका विद्यार्थीहरुको पहुँच पर्याउने हेतुले कार्यक्रमको चारहप्ता विद्यार्थीले घरबाटै सहभागी हुन सक्नेछन् भने पाचौं हप्ता काठमाडौं आउनुपर्नेछ।

क्युब्स इन स्पेस एउटा ग्लोबल इन्जिनियरीङ्ग डिजाईन कम्पिटिसन हो जसमा विद्यार्थीहरूले आफ्ना प्रयोगहरु (Experiments) नासा साउन्डिङ्ग रकेट तथा जेरो प्रेसर साईन्टिफिक बेलुन मार्फत् स्पेस वा नियर स्पेस ईन्भाईरोमेन्टमा पठाउन सक्नेछन्। यसको लागि विद्यार्थीहरूले आफ्नो योजना बनाउने, मूल्याङ्कनमा पठाउने र छनौट भए भर्जिनिया स्थित 'क्युब्स इन स्पेस' को अफिस पठाउनुपर्ने हुन्छ।

क्युब्स इन स्पेस मा सहभागीताको लागि तयारी स्वरुप नेपालमा संचालन गरिने यस कार्यशालामा यो वर्ष जम्मा ५० विद्यार्थी भर्ना गरिनेछ जहाँ सहभागीहरूलाई अन्तरिक्ष विज्ञान संबन्धि विभिन्न ज्ञान दिदै विभिन्न अन्तरिक्ष वातावरण तथा पक्षहरूको बारेमा सिकाउनुका साथै विद्यार्थीहरुलाई प्रयोगहरु (Experiments) डिजाईन गर्न लगाइनेछ। यो कार्यक्रमबाट यस वर्ष दुईवटा क्युब्स अमेरिका पठाइनेछ।

कार्यक्रमबारे थप जानकारी तथा सहभागीताको लागि हाम्रो कार्यालयमा संपर्क गर्नुहोला।


धन्यवाद्,
सुरेश भट्टराई
अध्यक्ष
नेपाल एष्ट्रोनोमिकल सोसाईटी

Wednesday, March 10, 2021

प्रेस विज्ञप्ति: आठौं राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडको आवेदन आह्वान!

 मिति: फागुन २५,२०७७


प्रेस विज्ञप्ति
आठौं राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडको आवेदन आह्वान

सन् २०२१ को लागि संचालन गरिने आठौं राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडको आवेदन आज खुलेको छ। विद्यालयतहका विद्यार्थीहरुको प्रतिभा पहिचान तथा प्रवर्द्धनका लागि सन् २०१४ देखि संचालित कार्यक्रममा यस वर्ष कक्षा ८ देखी १२ सम्मका विद्यार्थीले आवेदन दिन सक्नेछन्। विद्यार्थीको तहगत सिकाइलाई ध्यान दिदै राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाड जुनियर र सिनियर गरी दुई विधामा आयोजना गरिनेछ। जस अन्तर्गत कक्षा ८-१० सम्मका विद्यार्थीले जुनियरमा आवेदन दिन सक्नेछन् भने ११-१२ का विद्यार्थीले सिनियरमा आवेदन दिन सक्नेछन्।

ओलम्पियाडको पहिलो चरण/छनौट परिक्षा प्रादेशिक चरणको रुपमा यहि अप्रिल १०, २०२१ (चैत्र २८, २०७७) शनिबार बिहान दिउँसो १२ बजेदेखि २ बजेसम्म इटहरी, जनकपुर, काठमाडौं, पोखरा, बुटवल, सुर्खेत तथा धनगढीमा आयोजना गरिनेछ। ईच्छुक विद्यार्थीहरूले आवेदन फारम आफुलाई पायक पर्ने संबन्धित प्रदेशका हाम्रो संयोजक तथा सदस्यहरुलाई बुझाउन वा हाम्रो कार्यालयमा सिधै इमेल (naso.office@gmail.com) गर्न सक्नेछन्।

प्रदेश चरणमा गरेको प्रदर्शनका आधारमा दोस्रो चरण (राष्ट्रिय चरण) मा संबन्धित प्रदेशका विद्यार्थीहरुलाई सामेल गराइनेछ। यसरी दोस्रो चरणमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरुलाई तेर्सो तथा अन्तिम चरणमा सहभागी गराइनेछ। तेस्रो चरणको मूल्याङ्कन मार्फत् सहभागी विद्यार्थीहरूलाई यो वर्ष संचालन हुने अन्तर्राष्ट्रिय एस्ट्रोनोमी तथा एस्ट्रोफ़िसिक्स ओलम्पियाडहरुको लागि सिफारिस गरिनेछ।

कार्यक्रमको आवेदन फारम तथा सम्बन्धि सम्पूर्ण जानकारी www.nepalastronomicalsociety.org/olympiad मा उपलब्ध छ।

कार्यक्रम संबन्धि जिज्ञासा तथा थप जानकारीको लागि कार्यालयको मोबाईल नं ९८४३७०८२४८ मा सम्पर्क गर्न सक्नुहुनेछ ।

धन्यवाद्,
सुरेश भट्टराई
अध्यक्ष
नेपाल एष्ट्रोनोमिकल सोसाईटी 

Monday, February 1, 2021

प्रेस विज्ञप्ति: ‘चौथो नासो विज्ञानमा महिला पुरस्कार २०२०’ को नतिजा सार्वजनिक

मितिः माघ १९, २०७७



प्रेस विज्ञप्ति
‘चौथो नासो विज्ञानमा महिला पुरस्कार २०२०’ को नतिजा सार्वजनिक


सन २०२० मा सञ्चालित ‘चौथो नासो विज्ञानमा महिला पुरस्कार २०२०’ को व्यवसायिक तथा विद्यार्थी विधामाको निर्णय नतिजा सार्वजनिक गदछौं । देश तथा विदेशबाट प्राप्त ५० आवेदकमध्ये अन्तिम १८ प्रतियोगीहरुलाई निर्णायकज्यूहरुले मुल्यांकन गर्नुभएको थियो भने ‘पब्लिक च्वाईस अवार्ड’ को लागि प्रतियोगीहरुको भिडियो प्रस्तुती नेपाल एष्ट्रोनोमिकल सोसाईटी (नासो) को अधिकारिक युट्युब च्यानल मार्फत् सार्वजनिक गर्दै जनमत
 संकलन गरिएको थियो।


निर्णायक मण्डलको मुल्यांकन अनुसार व्यवसायिक विधातर्फ
विजेताः आकृति काफ्ले बराल
रनर अपः सागरिका भट्ट, रक्षा डंगोल, समीक्षा कंडेल

निर्णायक मण्डलको मुल्यांकन अनुसार विद्यार्थी विधातर्फ
विजेताः रोजिना शाक्य
रनर अपः शुभेक्षा सापकोटा, श्रीया सिंह ढकाल, ग्रीमा रेग्मी


पब्लिक च्वाईस अवार्ड तर्फ विजेताहरू
समीक्षा कंडेल, व्यवसायिक विधा; शुभेक्षा सापकोटा, विद्यार्थी विधा


छ सदस्यीय निर्णायक टोलीमा रही प्रतिस्पर्धीहरुको आवेदनलाई मुल्याङ्कन गरी कार्यक्रमलाई सहयोग गर्नुहुने विज्ञहरू प्रति नेपाल एष्ट्रोनोमिकल सोसाईटी (नासो) हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छ।


निर्णायक टोलीका विज्ञहरु
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिस्ठानका प्राज्ञ डा.ऋृषि शाह, त्रिभुवन विश्वविद्यालयका प्राध्यापकद्वय डा. निलम श्रेष्ठ प्रधान, डा. सिताराम ब्याहुत, काठमाडौं विश्वविद्यालयका प्राध्यपक डा. बालचन्द्र लुइटेल, बायोटेक्नोलोजी सोसाइटी अफ नेपालका अध्यक्ष श्री नबिन मुनाँकर्मी तथा युवा प्राविधिज्ञ ई. रोशन पाण्डे


विजेताहरुलाई पुरस्कार यही माघ २९ गते ‘विज्ञानमा महिला पहुँचको अन्तर्राष्ट्रिय दिवस ( International Day of Women and Girls in Science)’ को अवसर परेर वितरण गर्ने तयारी रहेको कुरा जानकारी गर्दछौं। अवार्डलाई यो बर्ष लोटस होल्डिङ्सले मुख्य–प्रायोजन गर्दैछ। अवार्डसम्बन्धी थप जानकारीको लागि हाम्रो कार्यालयमा संपर्क गर्नुहोला।


धन्यवाद,
सुरेश भट्टराई
अध्यक्ष

Sunday, January 24, 2021

प्रेस विज्ञप्ति: आठौं राष्ट्रीय एस्ट्रोनोमी ओलम्पियाड लोगो प्रतियोगिता

 मितिः माघ ११, २०७७



प्रेस विज्ञप्ति
आठौं राष्ट्रीय एस्ट्रोनोमी ओलम्पियाड लोगो प्रतियोगिता


आठौं राष्ट्रीय एस्ट्रोनोमी ओलम्पियाडको पुर्व तयारी स्वरुप यहि माघ १९ गतेसम्म लोगो आह्वान गर्दछौं। प्रतियोगितामा उत्कृष्ट हुने लोगोले  रु. पांच हजार तथा प्रमाणपत्र प्राप्त गर्नेछन्। साथै उक्त लोगो “आठौं राष्ट्रीय एस्ट्रोनोमी ओलम्पियड २०२१“ को औपचारिक लोगो हुनेछ। राष्ट्रीय एस्ट्रोनोमी ओलम्पियाड सम्बन्धि नेपाली समाजमा जनचेतना कार्यक्रम अन्तर्गत सन् २०१३ देखि प्रत्येक वर्ष लोगो प्रतियोगिता आयोजना गरिदैं आएको हो।


नेपाल एष्ट्रोनोमिकल सोसाईटीले एस्ट्रोनोमी ओलम्पियाडमा विद्यालय तहका प्रतिस्पर्धी विद्यार्थी मात्र नभई अन्य सबै तहका महानुभावहरूको सहभागिता होस् भन्ने हेतुले हरेक वर्ष ओलम्पियाडको लोगो प्रतिस्पर्धा गराउदै आएको छ। यसै अनुरुप आठौं राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडको लागि आजबाट आवेदन खुला गरिएको छ। प्रतियोगितामा हालसम्म कपिल रोकाया, योन्जन जेन्सुन, सन्दिप तिवारी, सम्राट राई, सफल श्रेष्ठ, रेमन बाला तथा सुनिल खड्गीले विजेताको उपाधि हासिल गरिसकेका छन्।

प्रतियोगिता सम्बन्धि नियमहरूः
  • लोगोमा निम्न विषयवस्तुहरू झल्किनु पर्नेछः खगोल विज्ञान, शिक्षा, नेपाल र “आठौं राष्ट्रीय एस्ट्रोनोमी ओलम्पियड २०२१”
  • आवेदन निःशुल्क छ तर एक व्यक्तिले बढीमा तीन लोगो पेश गर्न सक्नेछन्।
  • डिजाइन आफ्नै मूल विचार र सिर्जना हुनुपर्दछ।
  • लोगो ६००/६०० पिक्सेलको आकारमा हुनुपर्छ।
  • डिजाइनरले आफ्नो लोगोको बढीमा ५० शब्दहरूमा वर्णन गर्नुपर्छ। बिना विवरणको डिजाइन मूल्याङ्कन गरिने छैन।

ईच्छुक महानुभावहरुले www.nepalastronomicalsociety.org/olympiad मा गई आफ्नो सिर्जना आवेदन दिन सक्नेछन्। कार्यक्रम सम्बन्धि थप जानकारीको लागि हाम्रो कार्यालयमा सम्पर्क गर्नुहोला ।


धन्यवाद,

सुरेश भट्टराई
अध्यक्ष