Showing posts with label NAST Award. Show all posts
Showing posts with label NAST Award. Show all posts

Friday, July 9, 2021

मनिषा द्वालाई प्रज्ञा प्रतिष्ठान विज्ञान तथा प्रविधि प्रवर्द्धन पुरस्कार!

 मिति: असार २५, २०७८


प्रेस विज्ञप्ति
धन्यवाद् ज्ञापन सम्बन्धमा
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले नेपालमा विज्ञान तथा प्रविधिको विकासमा प्रचारप्रसार (Outreach) को महत्व तथा भुमिकालाई मनन गर्दै यस कार्यमा संलग्न भई राष्ट्रिय/अन्तर्राष्ट्रिय स्तरमा सकृय रही उल्लेख्य योगदान गर्ने व्यक्ति तथा संघ /संस्थालाई संमानित तथा थप प्रोत्साहित गर्ने उद्देश्यले वि. सं. २०४२ सालमा स्थापित 'प्रज्ञा प्रतिष्ठान विज्ञान तथा प्रविधि प्रवर्द्धन पुरस्कार' को वि. सं. २०७७ सालका लागि हाम्री परियोजना संयोजक तथा निर्देशक सुश्री मनिषा द्वालाई वि. सं. २०७८ साल असार २४ गते संमाननीय प्रधानमन्त्री एवं प्रतिष्ठानका कुलपतिज्युले माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री एवं प्रतिष्ठानका सहकुलपति, प्रतिष्ठानका उपकुलपति एवं विभिन्न विशिष्ट अतिथिको उपस्थितिमा प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक विशेष समारोहका संमानित गर्नुभएकोमा हार्दिक धन्यवाद् व्यक्त गर्दछौं।

फोटो: मनिषा द्वा संमाननीय प्रधानमन्त्री एवं प्रतिष्ठानका कुलपतिज्युबाट 'प्रज्ञा प्रतिष्ठान विज्ञान तथा प्रविधि प्रवर्द्धन पुरस्कार २०७७' ग्रहण गर्दै सौजन्य: गोविन्द पोखरेल/नेपाल विज्ञान पत्रकार मञ्च

यो सम्मानले नास्ट लगायत देश भित्र तथा बाहिरका विभिन्न व्यक्ति, संघ, संस्था (विद्यालय तथा विश्वविद्यालयसमेत) संगको सहकार्यमा नेपालमा संचालित खगोल तथा अन्तरिक्ष विज्ञान सम्बन्धि हाम्रा प्रचारप्रसार अभियान तथा कार्यक्रमलाई थप उर्जा मिलेको हामीले महसुस गरेका छौं। साथै यो सम्मानले हामीलाई आगामी दिनमा थप संयमित तथा प्रभावकारी हुदै यस क्षेत्रको विकासमा थप अग्रसर भई काम गर्न हौसला पनि प्राप्त भएको छ।
नेपालमा संचालित खगोल तथा अन्तरिक्ष विज्ञान संबन्धि हाम्रा गतिविधिहरूमार्फत् नेपाललाई यस क्षेत्रमा राष्ट्रिय एवं अन्तराष्ट्रियस्तरमा परिचित तथा स्थापित गर्ने हाम्रो उद्देश्यलाई यस किसिमको उच्च सम्मान प्रदान गर्नुभएकोमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) एवं नेपाल सरकारप्रति हामी हार्दिक आभार व्यक्त गर्न चाहन्छौं। आशा गर्छौं नेपालमै केही गर्ने सोंच भएका एवं बहुआयामिक अवसरहरूको खोजी तथा सृजना गर्ने युवाहरूलाई राज्यले आगामी दिनमा थप प्रोत्साहन तथा सहकार्य एवं लगानीको वातावरण निर्माण गर्नेछ।
धन्यवाद्,
सुरेश भट्टराई
अध्यक्ष
नेपाल एष्ट्रोनोमिकल सोसाईटी