Monday, February 1, 2021

प्रेस विज्ञप्ति: ‘चौथो नासो विज्ञानमा महिला पुरस्कार २०२०’ को नतिजा सार्वजनिक

मितिः माघ १९, २०७७



प्रेस विज्ञप्ति
‘चौथो नासो विज्ञानमा महिला पुरस्कार २०२०’ को नतिजा सार्वजनिक


सन २०२० मा सञ्चालित ‘चौथो नासो विज्ञानमा महिला पुरस्कार २०२०’ को व्यवसायिक तथा विद्यार्थी विधामाको निर्णय नतिजा सार्वजनिक गदछौं । देश तथा विदेशबाट प्राप्त ५० आवेदकमध्ये अन्तिम १८ प्रतियोगीहरुलाई निर्णायकज्यूहरुले मुल्यांकन गर्नुभएको थियो भने ‘पब्लिक च्वाईस अवार्ड’ को लागि प्रतियोगीहरुको भिडियो प्रस्तुती नेपाल एष्ट्रोनोमिकल सोसाईटी (नासो) को अधिकारिक युट्युब च्यानल मार्फत् सार्वजनिक गर्दै जनमत
 संकलन गरिएको थियो।


निर्णायक मण्डलको मुल्यांकन अनुसार व्यवसायिक विधातर्फ
विजेताः आकृति काफ्ले बराल
रनर अपः सागरिका भट्ट, रक्षा डंगोल, समीक्षा कंडेल

निर्णायक मण्डलको मुल्यांकन अनुसार विद्यार्थी विधातर्फ
विजेताः रोजिना शाक्य
रनर अपः शुभेक्षा सापकोटा, श्रीया सिंह ढकाल, ग्रीमा रेग्मी


पब्लिक च्वाईस अवार्ड तर्फ विजेताहरू
समीक्षा कंडेल, व्यवसायिक विधा; शुभेक्षा सापकोटा, विद्यार्थी विधा


छ सदस्यीय निर्णायक टोलीमा रही प्रतिस्पर्धीहरुको आवेदनलाई मुल्याङ्कन गरी कार्यक्रमलाई सहयोग गर्नुहुने विज्ञहरू प्रति नेपाल एष्ट्रोनोमिकल सोसाईटी (नासो) हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छ।


निर्णायक टोलीका विज्ञहरु
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिस्ठानका प्राज्ञ डा.ऋृषि शाह, त्रिभुवन विश्वविद्यालयका प्राध्यापकद्वय डा. निलम श्रेष्ठ प्रधान, डा. सिताराम ब्याहुत, काठमाडौं विश्वविद्यालयका प्राध्यपक डा. बालचन्द्र लुइटेल, बायोटेक्नोलोजी सोसाइटी अफ नेपालका अध्यक्ष श्री नबिन मुनाँकर्मी तथा युवा प्राविधिज्ञ ई. रोशन पाण्डे


विजेताहरुलाई पुरस्कार यही माघ २९ गते ‘विज्ञानमा महिला पहुँचको अन्तर्राष्ट्रिय दिवस ( International Day of Women and Girls in Science)’ को अवसर परेर वितरण गर्ने तयारी रहेको कुरा जानकारी गर्दछौं। अवार्डलाई यो बर्ष लोटस होल्डिङ्सले मुख्य–प्रायोजन गर्दैछ। अवार्डसम्बन्धी थप जानकारीको लागि हाम्रो कार्यालयमा संपर्क गर्नुहोला।


धन्यवाद,
सुरेश भट्टराई
अध्यक्ष