Friday, August 13, 2021

प्रेस विज्ञप्ति: पुरस्कार वितरण कार्यक्रम संपन्न!

मिति: साउन २९, २०७८


प्रेस विज्ञप्ति
पुरस्कार वितरण कार्यक्रम संपन्न

कोभिड-१९ को कारण रोकिएको 'वर्ड स्पेस विक' संबन्धि विद्यालयतहका विद्यार्थी लक्षित दुई कार्यक्रमको पुरस्कार वितरण कार्यक्रम आज हाम्रो बत्तीसपुतलीस्थित कार्यलयको प्राङ्गणमा सम्पन्न भयो। कार्यक्रममा उपस्थित विजेताहरुलाई प्रतियोगिता अनुसार पुरस्कार, प्रमाणपत्र, नगद, टेलिस्कोप तथा पदक प्रदान गरियो।


सन् २०१९ मा 'द मुन: गेटवे टु द स्टार्स' थिममा संचालित तेस्रो राष्ट्रिय अन्तरिक्ष चित्रकला प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल क्याम्पियन स्कुल, लगनखेलकी सुश्री सुएन भट्टराईले टेलिस्कोप, पटक एवं प्रमाणपत्र प्राप्त गरिन्। समारोहमा उपस्थित तथा प्रतियोगितामा तृतीय हुन सबल द सेलिब्रेसन को-एड स्कुल, जोरपाटीका श्री अमन बस्नेतले प्रमाणपत्र एवं पदक तथा सान्त्वना पुरस्कार प्राप्त गर्न सफल श्री पञ्चकन्या माध्यमिक विद्यालय, छाउनीकी सुश्री सरिता रम्तेलले प्रमाणपत्र एवं गिफ्ट ह्याम्पर प्राप्त गरे। त्यसैगरी सन् २०२० मा 'स्याटेलाइट्स ईम्प्रुभ लाईफ' थिममा संचालित चौथो राष्ट्रिय अन्तरिक्ष चित्रकला प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल किड्स लर्निङ् स्कुल, कुमारीस्थानकी सुश्री रिना चौधरीले टेलिस्कोप, पटक एवं प्रमाणपत्र तथा द्वितीय हुन सफल बुढानिलकण्ठ स्कुल, बुढानिलकण्ठकी सुश्री निति पछाईले प्रमाणपत्र एवं पटक प्राप्त गरिन्।

कार्यक्रमको दोस्रो भागमा सन् २०१९ एवं २०२० मा संचालित राष्ट्रिय अनलाइन अन्तरिक्ष वक्तृत्वकला प्रतियोगिताहरुलाई सम्मान गर्ने तय भएको थियो। कार्यक्रममा उपस्थित दोस्रो राष्ट्रिय अनलाईन अन्तरिक्ष वक्तृत्वकला प्रतियोगिता २०२० मा द्वीतीय हुन सफल ट्रिनिटी कलेज, डिल्लीबजारका श्री रोहन भट्टराईले नगद रू पांच हजार, पदक तथा प्रमाणपत्र प्राप्त गरे।

पुरस्कार वितरण कार्यक्रममा विविध कारणले उपस्थित हुन असमर्थ विजेताहरूले हाम्रो कार्यालयमा आफ्नो संपर्क गरी आफ्नो पुरस्कार संकलन गर्न सक्नेछन्।

राष्ट्रिय अन्तरिक्ष चित्रकला प्रतियोगिताको लागि टेलिस्कोप प्रायोजन गर्नुहुने मेक इन्जिनियरीङ्गका श्री अर्केत महर्जनज्युले यस्ता किसिमका प्रतियोगिताले विद्यार्थीको प्रतिभालाई उजागर गर्न टेवा पुर्याउने बताउनुभयो। कार्यक्रममा श्री पञ्चकन्या माध्यमिक विद्यालय, छाउनीकी प्रधानाध्यापक श्रीमती रुपा मानन्धर, द सेलिब्रेसन को-एड स्कुल, जोरपाटीका उप-प्रधानाध्यापक श्री सागर दाहालज्युले नेपाल एष्ट्रोनोमिकल सोसाईटीसंगको पहिलो भेटको संझना तथा यसले विद्यालय तहका विद्यार्थी तथा शिक्षकका संचालन गर्ने कार्यक्रमहरुको प्रशंसा गर्नुभयो। कार्यक्रममा 'वर्ड स्पेस विक' का लागि नेपाल संयोजक तथा नेपाल एस्ट्रोनोमिकल सोसाइटीकी निर्देसक/परियोजना संयोजक सुश्री मनिषाद्वाले विजयी संपूर्णमा बधाई दिदै सन् २०२१ को लागि यी दुई प्रतियोगिताको आवेदन छिट्टै खुलाईने बताउनुभयो। साथै उहाँले यो वर्षको थिम 'विमिन इन स्पेस' रहेको जानकारी गराउनुभयो।

सन् १९९९ मा संयुक्त राष्ट्रसंघले घोषणा गरेसंगै सन २००० देखी विश्वव्यापी रुममा अक्टोबर ४-१० वा सेरोफेरोमा मनाउन थालिएको वर्ड स्पेस विक कार्यक्रम नेपाल एष्ट्रोनोमिकल सोसाईटीले आफ्नो स्थापनाकाल सन् २००७ देखी हरेक वर्ष विभिन्न कार्यक्रम आयोजना गर्दै राष्ट्रियस्तरमा मनाउँदै आइरहेको छ।

पुरस्कार वितरण कार्यक्रममा उपस्थित संपूर्ण विजेता तथा अभिभावकज्युहरू प्रति हार्दिक धन्यवाद् तथा बधाई दिन चाहन्छौं ।

धन्यवाद्,
सुरेश भट्टराई
अध्यक्ष
नेपाल एष्ट्रोनोमिकल सोसाईटी

No comments:

Post a Comment