Saturday, September 18, 2021

प्रेस विज्ञप्ति: कक्षा ६-१२ सम्म अध्ययनरत विद्यार्थीका लागि प्रतियोगिता हुँदै!


मिति: असोज २, २०७८



प्रेस विज्ञप्ति
कक्षा ६-१२ सम्म अध्ययनरत विद्यार्थीका लागि प्रतियोगिता हुँदै



नेपाल एष्ट्रोनोमिकल सोसाइटी (नासो) ले राष्ट्रिय विज्ञान दिवस (असोज १), विश्व अन्तरिक्ष सप्ताह (अक्टोबर ४-१०) तथा विश्व विज्ञान दिवस (नोवेम्बर १०) को संदर्भ परेर संचालन गर्दै आएको राष्ट्रिय अन्तरिक्ष चित्रकला तथा अनलाइन वक्तृत्वकला प्रतियोगिताको लागि विद्यालयतहको कक्षा ६ देखि १२ सम्म अध्ययनरत ईच्छुक विद्यार्थीहरुले असोज ९, २०७८ सम्म हाम्रो वेइभसाइट मार्फत आफ्नो आवेदन दर्ता गर्न सक्नेछन

दुवै प्रतियोगिताका लागि यो वर्षको शिर्षक 'अन्तरीक्ष विज्ञानमा महिला' तय गरिएको छ। इच्छुक विद्यार्थीहरुले यसै शीर्षकमा केन्द्रित रहेर आफ्नो रचना अनलाइन फारम मार्फत हाम्रो कार्यालयमा पठाउन पर्नेछ। यो वर्षबाट वक्तृत्वकलामा विद्यार्थीहरूको रचनात्मक प्रस्तुतिलाई स्थान दिन भिडियो संपादन गर्न छुट दिइएको छ। त्यस्तै चित्रकलाका सम्बन्धमा पनि विद्यार्थीहरुले आफ्नो रचनालाई बढीमा एक मिनटमा व्याख्या गरेको भिडियो बनाएर पठाउनुपर्नेछ। यसरी प्राप्त रचनाहरूमध्ये उत्कृष्ट रचनाहरू नेपाल एष्ट्रोनोमिकल सोसाईटीको आधिकारिक युट्युब च्यानलमा जनमतको लागि राखिनेछ। पुरस्कार संबन्धि निर्णय गर्दा ५०% जनमत तथा ५०% निर्णायक मण्डलको मूल्याङ्कनलाई आधार बनाइनेछ।

प्रतियोगितामा आवेदन गरिएका रचना प्रतियोगिता अवधिभर अन्य कुनै स्थानमा सार्वजनिक गर्न पाइने छैन। यस्तो गरेको पाईएमा उक्त रचना प्रतियोगिताबाट हटाइनेछ। यी दुवै प्रतियोगितामा सहभागी सम्पूर्ण विद्यार्थी भाईबहिनीहरुलाई प्रोत्साहन स्वरुप सहभागिताको प्रमाणपत्र प्रदान गरिनेछ।

पाचौं राष्ट्रिय अन्तरिक्ष चित्रकला प्रतियोगिताको लागि कक्षा ६ देखि ८ सम्म अध्ययनरत विद्यार्थी भाईबहिनीहरुले आवेदन दिन सक्नेछन । प्रतियोगितामा प्रथम हुनेले टेलिस्कोप, पदक तथा प्रमाणपत्र प्राप्त गर्नेछन भने दोस्रो र तेश्रो हुनेले क्रमश: गिफ्ट ह्याम्पर, पदक तथा प्रमाणपत्र प्राप्त गर्नेछन।

त्यस्तै तेस्रो राष्ट्रिय अनलाइन अन्तरिक्ष वक्तृत्वकला प्रतियोगितामा कक्षा ९ देखि १२ सम्म अध्ययनरत विद्यार्थी भाईबहिनीहरुले आवेदन दिन सक्नेछन। प्रतियोगितामा प्रथम, दोश्रो तथा तेस्रो हुने विद्यार्थी भाईबहिनीहरुलाई पुरस्कार स्वरुप क्रमश: नगद रु १०,०००, रु ५,००० तथा रु ३,००० साथै पदक र प्रमाणपत्र प्रदान गरिनेछ।

प्रतियोगिता संबन्धि नियम तथा दर्ता प्रक्रिया बारे सम्पूर्ण जानकारीका लागि www.nepalastronomicalsociety.org/spaceweek हेर्नुहोला। थप जानकारी चाहिएमा, हाम्रो कार्यालयको संपर्क नं ९८४३७०८२४८ मा संपर्क गर्नसक्नुहुनेछ।



धन्यवाद,
सुरेश भट्टराई
अध्यक्ष
नेपाल एष्ट्रोनोमिकल सोसाइटी




No comments:

Post a Comment