Showing posts with label Idoodleedu Inc. Show all posts
Showing posts with label Idoodleedu Inc. Show all posts

Sunday, March 21, 2021

प्रेस विज्ञप्ति: नेपाली विद्यार्थीका लागि क्युब्स इन स्पेस नासो २०२१ आयोजना हुने

मिति: चैत ८, २०७७



प्रेस विज्ञप्ति
नेपाली विद्यार्थीका लागि क्युब्स इन स्पेस नासो २०२१ आयोजना हुने


नेपालमा स्टिम शिक्षालाई प्रवर्द्धन गर्ने हाम्रो अभियानलाई अगाडी बढाउदै नेपाली विद्यार्थीहरुका लागि अन्तर्राष्ट्रियस्तरको थप अवसर सृजना गर्ने क्रममा अमेरिकी संस्था idoodleedu Inc संग सहकार्य गर्दै नेपालमै पहिलोपटक विद्यालयतहका विद्यार्थीहरुका लागि 'क्युब्स इन स्पेस नासो २०२१' कार्यक्रम आयोजना गर्दैछौं।

अप्रिल १० देखि मे १५ सम्म संचालन हुने पाँच हप्ते विषेश कार्यशालामा ११ देखि १८ वर्ष उमेर समूहका विद्यालयतहमा अध्ययनरत वा विद्यालयतहको पढाइ सकेका तर विश्वविद्यालयतहमा भर्ना नभएका विद्यार्थीले सहभागिता जनाउन सक्नेछन्। देशभरीका विद्यार्थीहरुको पहुँच पर्याउने हेतुले कार्यक्रमको चारहप्ता विद्यार्थीले घरबाटै सहभागी हुन सक्नेछन् भने पाचौं हप्ता काठमाडौं आउनुपर्नेछ।

क्युब्स इन स्पेस एउटा ग्लोबल इन्जिनियरीङ्ग डिजाईन कम्पिटिसन हो जसमा विद्यार्थीहरूले आफ्ना प्रयोगहरु (Experiments) नासा साउन्डिङ्ग रकेट तथा जेरो प्रेसर साईन्टिफिक बेलुन मार्फत् स्पेस वा नियर स्पेस ईन्भाईरोमेन्टमा पठाउन सक्नेछन्। यसको लागि विद्यार्थीहरूले आफ्नो योजना बनाउने, मूल्याङ्कनमा पठाउने र छनौट भए भर्जिनिया स्थित 'क्युब्स इन स्पेस' को अफिस पठाउनुपर्ने हुन्छ।

क्युब्स इन स्पेस मा सहभागीताको लागि तयारी स्वरुप नेपालमा संचालन गरिने यस कार्यशालामा यो वर्ष जम्मा ५० विद्यार्थी भर्ना गरिनेछ जहाँ सहभागीहरूलाई अन्तरिक्ष विज्ञान संबन्धि विभिन्न ज्ञान दिदै विभिन्न अन्तरिक्ष वातावरण तथा पक्षहरूको बारेमा सिकाउनुका साथै विद्यार्थीहरुलाई प्रयोगहरु (Experiments) डिजाईन गर्न लगाइनेछ। यो कार्यक्रमबाट यस वर्ष दुईवटा क्युब्स अमेरिका पठाइनेछ।

कार्यक्रमबारे थप जानकारी तथा सहभागीताको लागि हाम्रो कार्यालयमा संपर्क गर्नुहोला।


धन्यवाद्,
सुरेश भट्टराई
अध्यक्ष
नेपाल एष्ट्रोनोमिकल सोसाईटी