Monday, December 21, 2020

Are you ready to witness the Great Conjunction of Jupiter and Saturn tonight?

If you are an astronomy enthusiast, you must be following Jupiter and Saturn coming closer this week and becoming one (for naked eye observers) this week! Tonight the two giant planets will be so closed that they will 0.1 degree apart making the exceptional astronomical scene southwestern horizon after the sunset. Are you ready to observe it ?

Image: This is a simulation of two giant planets coming together in the southwestern sky for the Great Conjunction on December 21, 2020 as seen over the sky of Kathmandu Valley. Credit: NASO Office/Stellarium

For a naked eye observer, the planets Mercury, Venus, Mars, Jupiter and Saturn has provided great deal of information so that they can track these planets in the night sky and prepare planetary almanac. It was only in 17th century when Galileo Galilei pointed his telescope to the sky to observe the sun (our nearest star), planets and other celestial objects when much of the beauty of these distance objects became available for people to enjoy such as the famous Galilean Moons of Jupiter!

If you have a binoculars or a telescope, the view can be exceptional as you can see both planets in a the eyepiece. If you are planning to capture the great moment through your camera, make sure you keep your photography station steady and use telephoto lens if possible.

How to observe the great conjunction tonight?

  • Find a spot with an unobstructed view of the southwestern sky, nearby your house, it should be your rooftop or a open space nearby
  • After the sunset, look to the southwestern sky, you will see a star-like object for our eyes which is actually Jupiter and Saturn together refer to simulation above)
  • If you have binoculars or a small telescope, you may be able to see Jupiter’s four large moons orbiting the giant planet and Saturn's ring!
Note: Please don't forget to wear mask and sanitize yourself regularly if you are gathering for the observation. You should also put an effort to maintain physical distancing as possible.

We will be hosting a private star party at our office today from 5:00 PM- 6:30 PM accessible for our members (with preapproval) due to COVID-19 situation. Members joining must wear mask all the time and sanitize themselves while attending the interaction cum observation session this evening at our Office!

We encourage all the astronomy enthusiast and public to enjoy this great celestial event and share their moments with us! For sharing, please use hastags #NASONepal and #GreatConjunction2020Nepal 

We will be featuring selected photos and videos through our social media platforms and website! Happy sharing!

We wish you a clear weather! Happy Winter Solstice to you all!

Saturday, October 24, 2020

प्रेस विज्ञप्ति: नेपाललाई दुई अनरेवल मेन्सन

मिति: कार्तिक ८, २०७७


प्रेस विज्ञप्ति:
नेपाललाई दुई अनरेवल मेन्सन

नेपालले यस वर्ष सञ्चालित ग्लोबल ई-कम्पिटिसन अन एस्ट्रोनोमी एण्ड एस्ट्रोफिजिक्स् मा नेपालले दुईबटा अनरेबल मेन्सन अवार्ड हात पारेको छ। नेपालका लागि सेन्ट जेभियर्स कलेज, माईतिघरका श्री राहुल रञ्जन साह तथा क्यापिटल कलेज एण्ड रिसर्च सेन्टर, कोटेश्वरका श्री अंशुराज सेढाईले अनरेबल मेन्सन अवार्ड प्राप्त गरेका हुन्। नेपालका तर्फबाट श्री सुरेश भट्टराईको नेतृत्वमा सम्मिलित टोलीमा नेपाल एष्ट्रोनोमिकल सोसाईटीको तर्फबाट मेन्टरका रुपमा संस्थाका परियोजना संयोजक तथा निर्देशक सुश्री मनिषा द्वा, संस्थाका असोसियट सदस्य तथा पुर्व ओलम्पियाड प्रतियोगीहरु श्री विजयचन्द्र लुईटेल तथा श्री अंकित वेन्जु श्रेष्ठ सामिल थिए। 




असोज ९ गते सुरु भएको अन्तर्राष्ट्रिय प्रतियोगिता कार्तिक ७ गते समापन गरिएको थियो। व्यक्तिगत तथा सामुहिक गरी दुई विधामा संचालित प्रतियोगितामा नेपालले व्यक्तितर्फ दुई अवार्ड हात पारेको हो। प्रतियोगितामा नेपाल लगायत ४० देशका व्यक्तिगत तर्फ २७९ तथा सामुहिकतर्फ १५४ बाढीले भाग लिएका थिए। नेपालबाट सातौं राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडबाट छनौट भएका १४ विद्यार्थी प्रतियोगितामा सहभागी गराइएको हो।


कोभिड-१९ को कारण कोलोम्बियामा हुने भनिएको चौधौं इन्टरनेसनल ओलम्पियाड अन एस्ट्रोनोमी एण्ड एस्ट्रोफिजिक्स् २०२१ का लागि सारिएसंगै यस वर्ष विद्यार्थीहरुको मनोवल उच्च राख्न तथा यो विषम परिस्थितिमा पनि अन्तर्राष्ट्रियस्थरको गतिविधि कायम गर्ने प्रयास स्वरुप ईन्टरनेसनल ओलम्पियाड अन एस्ट्रोनोमी एण्ड एस्ट्रोफिजिक्स् को संचालक समितिले ईस्टोनियाको सरकार तथा विज्ञहरूको अनलाईन प्रतियोगिता गराइने अनुरोध पारित गरेको थियो।


राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाड नेपालमा अध्ययनरत कक्षा ८-१२ सम्म अध्ययनरत २० वर्षभन्दा मुनिका विद्यार्थीहरुका लागि संचालित एक प्रतिभा पहिचान कार्यक्रम हो। सन् २०१४ देखि नेपालमा संचालित यस प्रतियोगितामा सामेल विद्यार्थीहरुले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिई पदक तथा अवार्ड प्राप्त गरेर देश भित्र र बाहिर उच्चस्तरीय विश्वविद्यालय तथा क्याम्पसमा भर्ना भई उत्कृष्ट प्रदर्शन गर्दै आइरहेका छन्।


आठौं राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडको आवेदन छिटै खोलिने जानकारी पनि यसै विज्ञप्तिमार्फत जानकारी गराउन चाहन्छौं। आवेदन तथा थप जानकारी www.nepalastronomicalsociety.org/olympiad मा छिट्टै उपलब्ध हुनेछ।


धन्यवाद्,
सुरेश भट्टराई
अध्यक्ष
नेपाल एष्ट्रोनोमिकल सोसाईटी

नेपाल संयोजक
१) अफिस अफ एस्ट्रोनोमी आउटरिच
२) अफिस अफ एस्ट्रोनोमी फर एडुकेसन

ईन्टरनेसनल एस्ट्रोनोमिकल युनियन

Tuesday, October 20, 2020

प्रेस विज्ञप्ति: मृघशिरा उल्कावर्षा २०२०

मितिः कार्तिक ४, २०७७



प्रेस विज्ञप्ति: 
मृघशिरा उल्कावर्षा

हेलीको पुछ्रेताराका कारण हुने मृघशिरा उल्कावर्षाको गतिविधि आज राति अत्यधिक देखिने छ । यो पुछ्रेताराका कारण वर्षमा दुई उल्कावर्षा हुन्छन्। प्रत्येक वर्ष मे महिनामा एटा एक्वारीएट र अक्टोबरमा ओरियनिड उल्कावर्षाहरु हेलीको पुच्छ्रेताराले सूर्यलाई परिक्रमा गर्ने क्रममा छोडेका धुलाका कणहरुका कारण हुने गर्छ।

आजको उल्का वर्षाको स्रोत ओरायन (मृघशिरा) तारामण्डलमा भएको जस्तो देखिने हुनाले यसलाई ओरियनिड मिटियर सावर वा मृघशिरा उल्कावर्षा नाम दिइएको छ । अक्टोबर २ देखी आफ्नो सक्रियता देखाउने यो उल्कावर्षा नोभेम्बर ७ सम्म सक्रिय रहनेछ। उल्का वर्षाको अत्यधिक सक्रिय गतिविधि स्थानीय समय अनुसार अक्टोबर २० राति १०ः४५ देखि नै शुरु भई अक्टोबर २१ बिहान ५ः४५ बजे सम्म देख्न सकिनेछ। उल्का वर्षा हेर्नको लागि मध्यरातपछिको समय उत्तम मानिन्छ। अत्याधिक उल्का वर्षाको बेला प्रति घण्टा १५ सम्म उल्का देखिने अनुमान छ । ती उल्का वर्षाहरुको गति प्रति सेकेण्ड ६७ कि.मि. सम्म हुने भएकोले करिब ७० कि.मि माथि वायुमण्डलमा घर्षण पैदा भई यस्तो दृश्य देखिन्छ। 

के हो उल्का वर्षा ?
पुछ्रेताराले सूर्यको परिक्रमा गर्ने क्रममा सूर्यको नजिक आइपुग्दा आफ्नो कक्षमा धुलोका कण र चट्टानहरु छोड्ने गर्दछ । जब पृथ्वीले सूर्यको परिक्रमा गर्ने क्रममा पुछ्रेताराको उक्त कक्षको नजिक आइपुग्छ, तब ती धुलोका कणहरु र चट्टानहरु पृथ्वीको वायुमण्डलमा तीब्र गतिले ठोक्किएर जल्दछन् । यसैलाई हामी उल्का वर्षा भन्दछौं । उल्का वर्षालाई नेपाली जनजिब्रोमा ‘तारा खसेको’ पनि भनिन्छ।

के हो हेलीको पुछ्रेतारा?
बेलायती खगोलशास्त्री ’एडमण्ड हेली’ ले न्युटनको गुरुत्वाकर्षण सम्बन्धि साध्यको माध्यमले सौर्य मण्डलका आकाशीय पिण्डहरुको अध्ययन गर्ने क्रममा सन् १७५८ को क्रिसमसको रात यो पुछ्रेतारा पत्ता लगाएको हुनाले यसलाई ’हेलोको पुछ्रेतारा’ भनिएको हो। यो एक नियमित पुछ्रेतारा हो जसले हरेक ७५ बर्षमा सूर्यलाई परिक्रमा हर्ने गर्दछ! सन् १९८६ मा देखिएको यो पुछ्रेतारा अब २०६१ मा  देखिने अनुमान गरिएको छ।

कसरी हेर्ने उल्कावर्षा?
उल्कावर्षा हेर्न कुनै दूरवीन वा टेलिस्कोप आवश्यक छैन, सामान्य हिसाबले नाङ्गो आँखाले नै हेर्न सकिन्छ। उल्कावर्षा हेर्न धैर्यको एकदम आवश्यक हुन्छ किनकि प्रतिघण्टा दर जुन हामी भन्छौं पढ्छौं त्यो एक घण्टा अर्थात् ६० मिनेटमा देखिन सक्ने औसत उल्काको संख्या हो जुन अवलोकन स्थानको अवस्थाले पनि फरक पर्छ।

उल्कावर्षा हेर्दा खुल्ला आकाश छान्नुपर्छ यसको लागि तपाईँ घरको छत वा घर अगाडिको कुनै खुल्ला ठाउँमा जानसक्नुहुन्छ। यी दुबै स्थानमा राति चिसो हुने हुँदा तातो कपडा लगाउन आवश्यक छ। घरबाहिर निस्कदा सुरक्षाको पनि कुरा आउँछ। चिसो र अन्य किसिमको जोखिमबाट बच्दै उल्कावर्षा हेर्नुहोला।

उल्का बर्षा वा पुछ्रेतारा सम्बन्धि थप जानकारीको लागि कार्यालयको मोबाईल नं ९८४३७०८२४८ मा सम्पर्क गर्न सक्नुहुनेछ।

धन्यवाद,
सुरेश भट्टराई
अध्यक्ष

Saturday, October 10, 2020

राष्ट्रिय अन्तरिक्ष चित्रकला तथा वक्तृत्वकला प्रतियोगिताको नतिजा सार्वजनिक

 मिति: असोज २४, २०७७


प्रेस विज्ञप्ति

राष्ट्रिय अन्तरिक्ष चित्रकला तथा वक्तृत्वकला प्रतियोगिताको नतिजा सार्वजनिक

 

नेपाल एष्ट्रोनोमिकल सोसाईटी (नासो) ले राष्ट्रिय विज्ञान दिवस (असोज १)  तथा विश्व अन्तरिक्ष सप्ताह (अक्टोबर ४-१०) को संदर्भ पारेर संचालन गरेको राष्ट्रिय अन्तरिक्ष चित्रकला तथा अनलाइन वक्तृत्वकला प्रतियोगिताको नतिजा आज  सार्वजनिक गर्दछौं।  यी कार्यक्रममा देशका सातै प्रदेशका विभिन्न विद्यालयमा अध्ययनरत १५० भन्दा बढी बिद्यार्थीहरुले आफ्न प्रस्तुति तथा चित्रकला असोज ९ , २०७७ सम्म हाम्रो वेइभसाइट मार्फत पठाएका  थिए।

चौथो राष्ट्रिय अन्तरिक्ष चित्रकला प्रतियोगिताको लागि कक्षा ६ देखि ८ सम्म अध्ययनरत विद्यार्थी भाईबहिनीहरुले आवेदन दिएका थिए भने  दोश्रो राष्ट्रिय अनलाइन अन्तरिक्ष वक्तृत्वकला प्रतियोगितामा कक्षा ९ देखि १२ सम्म अध्ययनरत विद्यार्थी भाईबहिनीहरुले आवेदन दिएका थिए।

चित्रकलातर्फ यस बर्ष किड्स लर्निङ स्कुल, काठमाडौंकी कक्षा ८ मा अध्ययनरत छात्रा सुश्री रिना चौधरीले प्रथम, बुढानिलकण्ठ स्कुल, काठमाडौंमा कक्षा ८ मा अध्ययनरत सुश्री निती पछाइले दोश्रो तथा न्यु होराइजन सेकेन्डरी स्कुल्, बेनीमा कक्षा ६ मा अध्ययनरत श्री प्रदिप रेग्मीले तेश्रो स्थान हशिल गरेका छन्। प्रतियोगितामा प्रथम हुनेले टेलिस्कोप, पदक तथा प्रमाणपत्र प्राप्त गर्नेछन भने दोस्रो र तेश्रो हुनेले क्रमश: गिफ्ट ह्याम्पर, पदक तथा प्रमाणपत्र प्राप्त गर्नेछन।

त्यस्तै, वक्तृत्वकलातर्फ केफ सेकेन्डरी स्कुल, पोखराका श्री सौगत गौतमले प्रथम, टृनिटी इन्टर्नेसनल स्कुल, काठमाडौंका श्री रोहन भट्टराईले दोश्रो तथा लिटल एन्जेल्स स्कुलकी सुश्री रोमिया वैद्यले तेश्रो स्थान हशिल गरेका छन् । प्रतियोगितामा प्रथम, दोश्रो तथा तेस्रो हुने विद्यार्थी भाईबहिनीहरुलाई पुरस्कार स्वरुप क्रमश: नगद रु १०,०००, रु ५,००० तथा रु ३,००० का साथै पदक र प्रमाणपत्र प्रदान गरिनेछ। 

विजयी भाईबहिनीहरुलाई धेरै धेरै बधाई तथा उत्तरोत्तर प्रगतिको कामना व्यक्त गर्न चाहन्छौं ।


धन्यवाद,

सुरेश भट्टराई

अध्यक्ष

नेपाल एष्ट्रोनोमिकल सोसाईटी

Saturday, August 29, 2020

सातौं राष्ट्रिय एष्ट्रोनोमी ओलम्पियाड २०२० को अन्तिम चरणको नजिता प्रकाशन!

 मिति: भदौ १३, २०७७


प्रेस विज्ञप्ति

सातौं राष्ट्रिय एष्ट्रोनोमी ओलम्पियाड २०२० को अन्तिम चरणको नजिता प्रकाशन


साउन १० देखि १६ गते सम्म संचालित ‘सातौं राष्ट्रिय एष्ट्रोनोमी ओलम्पियाड २०२०’ को तेस्रो तथा अन्तिम चरण (बन्द शिविर) को नजिता आज प्रकाशन गरिएको छ। बन्द शिविरमा नेपालका ७ वटै प्रदेशमा संचालन भएको प्रथम तथा दोस्रो चरणबाट छनौट भएका ३९ विद्यार्थीले सक्रिय सहभागीका जनाएका थिए। यस बर्ष सिनियरतर्फ सेन्ट जेभियर्स स्कुल, जावलाखेल, ललितपुरका श्री आकाश गुरुङ प्रथम भएका छन्।


कोभिड-१९ को महामारीबिच यस वर्ष बन्द शिविर भर्चुअल रुपमा सञ्चालन गरिएको थियो। बन्द शिविरमा विद्यार्थीहरुलाई स्वदेश तथा विदेशमा रहनुहुने नेपाली तथा विदेशी विषयविज्ञहरुमार्फत खगोल तथा अन्तरिक्ष विज्ञान सम्बन्धि सैद्धान्तिक तथा प्रयोगात्मक कक्षाहरु संचालन गरिएको थियो। शिविरमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरुलाई यस बर्ष संचालन हुने विभिन्न अन्तरराष्ट्रिय एष्ट्रनोमी ओलम्पियाडमा सहभागिताको अवसर प्रदान गरिनेछ। यस वर्ष प्रायः अन्तर्राष्ट्रिय ओलम्पियाडहरु भर्चुअल तरिकाले संचालन हुँँदैछन्। 


कोभिड-१९ को महामारीले कार्यक्रम आयोजना गर्न असहज परिस्थिति सृजना भएको भए पनि हामीले विद्यार्थीको मिहिनेत र लगनशीलता खेर जान नदिन भर्चुअल तरिकाले भएपनि बन्द शिविर सञ्चालन गरेका हौं। प्रयोगात्मक पक्षको कक्षाहरु सोचेजस्तो गर्न कठिन भएपनि अन्य पक्षहरु विगतमा भन्दा राम्रोसंग संचालन गर्न सक्षम 'राष्ट्रिय एष्ट्रोनोमी ओलम्पियाड' मार्फत् हामीसंग जोडिनुभएको संपूर्णमा हार्दिक धन्यवाद् व्यक्त गर्न चाहन्छौं।


लकडाउन अघि यस बर्ष सञ्चालन गरिएको जुनियरतर्फ रेन्बो एकेडेमिक होम्स सेकेन्डरी स्कुल, पोखरा, कास्कीका श्री सञ्जय श्रेष्ठ प्रथम भएका थिए। कार्यक्रममा कक्षा ८-१२ सम्मका १३ -१९ बर्षका नेपाली विद्यार्थीहरुले भाग लिन पाउँछन्। कार्यक्रम सम्बन्धि थप जानकारी चाहिएमा वा जिज्ञासा भएमा www.nepalastronomicalsociety.org/olympiad मा हेर्न सक्नुहुनेछ। 


धन्यवाद,


सुरेश भट्टराई 

अध्यक्ष

नेपाल एष्ट्रोनोमिकल सोसाइटी


Wednesday, August 12, 2020

आज राति ययति उल्का बर्षा !

मितिः साउन २८, २०७७



प्रेस विज्ञप्ति
ययाति उल्कावर्षा


स्विफ्ट टटल नामक पुच्छे्रताराका कारण हुने उल्कावर्षा यस वर्ष अगष्ट १२ राती देखि अगष्ट १३ को बिहानसम्म अत्याधिक मात्रामा देखिने छ । ती उल्का वर्षाको स्रोत पर्सियस (ययाति) तारामण्डलमा भएको जस्तो देखिने हुनाले यसलाई पर्सिड मिटियर सावर नाम दिइएको छ ।

स्विफ्ट टटल अहिले पृथ्वीको नजिक छैन । स्विफ्ट-टटलले सुर्यको एक पटक परिक्रम गर्न १३३ वर्ष लगाउछ । तर यसले सूर्यको परिक्रमा गर्ने क्रममा सूर्यको नजिक आइपुग्दा आफ्नो कक्षमा धुलोका कण र चट्टानहरु छोड्ने गर्दछ । जब पृथ्वीले सूर्यको परिक्रमा गर्ने क्रममा पुच्छे्ताराको उक्त कक्षको नजिक आइपुग्छ, तब ती धुलोका कणहरु र चट्टानहरु पृथ्वीको वायुमण्डलमा तीब्र गतिले ठोक्किएर जल्दछन् । यसैलाई हामी उल्का वर्षा भन्दछौं । उल्का वर्षालाई नेपाली जनजिब्रोमा ‘तारा खसेको’ पनि भनिन्छ ।

उल्का वर्षा स्थानीय समय अनुसार १२ अगस्टको राती १०:३० बजे देखि अगस्ट १३ बिहान ५ बजे सम्म देख्न सकिनेछ । तर अत्याधिक मात्रामा भने अगस्ट १३ बिहान ३-४ बजे देख्न सकिनेछ । यस वर्ष त्यस बेला प्रति घण्टा एक सय पचास वटासम्म उल्का वर्षा देख्न सकिने अनुमान गरिएको छ । ती उल्का वर्षाहरुको गति प्रति सेकेण्ड ६० कि.मि. सम्म हुने भएकोले करिब ७० कि.मि. माथि वायुमण्डलमा घर्षण पैदा भई यस्तो दृश्य देखिन्छ ।

यस वर्ष जुलाई १७ देखि नै सकृय उल्का वर्षा अगष्ट २६ तारिख सम्म सकृय रहनेछ । अत्याधिक उल्का वर्षा हुने अगष्ट १२ राती देखि अगष्ट १३ बिहानी सम्मको समयमा नाङ्गो आँखाले नै उत्तरपूर्वी आकाशमा हेरेर अवलोकनकर्ताहरुले मनोरञ्जन लिन सकिनेछ । तर आफू रहेको स्थानको आकाश खुल्ला र सफा रहे मात्र अवलोकन कार्य सम्भव हुनेछ ।


के हो त स्विफ्ट टटल ?

स्विफ्ट टटल १८६२ जुलाईमा अमेरिकन खगोलविद् द्वय लेविस स्विफ्ट (१८२०–१९१३) र होरस टटल (१८३८–१९३३) द्वारा पत्ता लगाइएको पुच्छ्रेतारा हो । ले विस सन १९९२ म सुर्यको नजिक आएको यो पुच्छ्रेतारा अब सन २१२५ मा मात्र नजिक आउनेछ। हाल यो पुच्छ्रेतारा पृथ्वीको नजिक छैन तर यसले आफ्नो कक्षमा छोडेका चट्टान र धुलोका कणहरु पृथ्वीको वायुमण्डलमा तीव्र गतिले प्रवेश गर्दा घर्षण भई जल्दछन् । यसलाई नै उल्कावर्षा भनिएको हो ।




धन्यवाद,

सुरेश भट्टराई
अध्यक्ष
नेपाल एस्ट्रोनोमिकल सोसाइटी

नेपाल प्रतिनिधि
इन्टरनेसनल एस्ट्रोनोमिकल युनियन

Thursday, July 23, 2020

Call for Nomination (Self) for the 4th NASO Women in Science Award 2020!

We are pleased to announce the call for nomination (self) for the 4th NASO Women in Science Award 2020 (WiSA2020). WiSA is a program started in 2017 and run by Women in Astronomy Nepal (WIAN) an initiative within Nepal Astronomical Society (NASO) providing a platform for women working in the field of science, technology, engineering and mathematics (STEM).

The award is distributed into two categories: Student and Professional



Who can apply?
Any Nepali women staying/working in Nepal or abroad who are currently a university student or working professionally are eligible to apply for the award. 

How to apply?
Registration is now available at www.nepalastronomicalsociety.org/wian until August 23, 2020. Interested candidate can visit the site and fill the form available.

What will be provided in awards?
The awardees receive cash prizes, trophies and certificates at a special function at Kathmandu by December 2020. The student category winner will receive NRs. 15,000/- (Fifteen Thousand Nepali Rupees), trophy and certificate. The professional category will receive NRs. 25,000/- (Twenty Five Thousand Nepali Rupees), trophy and certificate.

About the sponsorship
WiSA has been getting popular in the region as we are receiving international application as well. We will soon expand this award at regional level. Currently our national awards is sponsored by Nancy Dwa, one of our Board members. We are very thankful to her for the sponsorship since 2018. If you are interested or know someone/company/org who will be interested to sponsor this or any other project/program of NASO, feel free to write to us. Your small support may create big impact.

Please circular this information to if you know someone interested and eligible. Thank you! 

Friday, June 26, 2020

'Blind Rocks!' selected to receive a telescope signed by astronauts and Nobel Laureates

This is a great news to share with you all that Blind Rocks! will receive a telescope singed by astronauts and Nobel Laureates this year. Blind Rocks! become one of the 17 communities around the world to receive a telescope for their outreach program. Congratulations Blind Rocks! team.
Ms. Sristi KC, Founder- Blind Rocks!

After getting the result of the selection, she shared with us, 

My vision always was an inclusive and egalitarian society. Winning this prestigious award has brought me one step closer to pursue my dream project of making astronomy inclusive for all. I am very grateful for NASO and entire committee for granting me this opportunity!


Nepal received a total of 23 applications before the deadline. Once we received the proposal, we provided our feedback to the individual/organisation for the possible improvements to make it more competitive. Total of 17 proposals have been endorsed for the further evaluation by the Office of Astronomy Outreach (IAU OAO) and team. 
The global call received received 172 applications endorsed by the IAU National Outreach Coordinators (NOCs) from 34 countries including Nepal
This is the first group of telescopes to be distributed by the Telescopes for All: Inspiring Stars & Stars Shine for Everyone Collaboration

Telescopes for All is a collaboration between the International Astronomical Union Office for Astronomy Outreach (OAO), Stars Shine for Everyone (Sterren Schitteren voor Iedereen, SSVI) and Universe Awareness/University of Leiden. The programme seeks to broaden the horizons of children, parents and educators alike, to spark an interest in science, and to promote equal opportunities for pursuing a career in astronomy. The Telescopes for All programme is one of the legacy actions arising from the IAU100 rs celebrations and follows the successful collaboration in 2019. The 17 telescopes were donated by BRESSER.

In light of the COVID-19 pandemic, a digital camera will be provided with each telescope, so that outreach professionals and science educators can conduct their observations and share them safely with their community online until safety measures allow for face-to-face interactions.

Shipping of all the telescopes will begin in late September 2020, provided that COVID-19 safety measures allow. 

To learn more about our activities in Nepal, please visit our official website: www.nepalastronomicalsociety.org

Monday, June 22, 2020

Partial Solar Eclipse Observed from Nepal!

Partial Solar Eclipse on June 21, 2020 proved as one of the best celestial event for us to reach millions of people from Nepal. Though COVID-19 pandemic disrupted our public observation campaign with cancellation of the many onsite observing facilities across the country, we implemented different mode of interaction to create this observing opportunities to people. We are very happy to see so many people across the country sharing their stories with us saying that our information and guidance helped them greatly to be prepared for the safe observation.

Photo 1: Composite of Partial Solar Eclipse from starting to maxima as seen from NASO office, Battishputali, Kathmandu on Sunday, June 21, 2020. Credit: Manisha Dwa


How did we manage to reach out more people encouraging them for safe viewing of the eclipse? This blog post is to help you understand our story closely!

June 13, 2020: Special Interview

We started coordination with Department of Survey for the coordinates of northwest tip of Nepal, Limpiayaadhura. We shared our new insight with Mr. Mani Dahal, member IAU NOC Committee Nepal, who interviewed Mr. Suresh Bhattarai, Chairman, Nepal Astronomical Society (NASO) and IAU National Committee for Nepal and published the news! Click here to read this exclusive news which encouraged other media! It's really exciting how people accepted this idea and started interacting with media sharing the info following our footsteps!

Photo 2: Map of Byans Rural Municipality (ब्याँस गाउँपालिका) from where the maximum partial eclipse occurred on June 21, 2020. Limpiayadhura is a part of this municipality according to the map published by the Department of Survey (DOS), Government of Nepal. Credit: Mr. Mahesh Chandra Pudasaini

June 14, 2020: Press Release

We released our press release with an information about the eclipse with timings for capitals for each province as well as Kathmandu.

We would like thank all the media houses for covering our information and joining our outreach efforts. We would like to express our special thanks to Mr. Purna Prasad Mishra, member of the IAU NOC Committee Nepal, and Rastriya Samachar Samiti (RSS) for the interview and sharing our information to RSS network. RSS is a national news agency of Nepal.

June 16, 2020: Call for Queries using hashtag #AskNASO

We released a special video for the public announcing that we will have a live Q/A session on Facebook Page scheduled for 7:00 PM, June 20, 2020. . We received several queries through email, Facebook and Instagram. Click here to watch the announcement/call.

June 18, 2020: Interaction on 'Astronomy Outreach and Education in Nepal'

This interaction program was tailored to the senior high school student and teachers. We shared some of our senior high school programs to the participants (teachers and students) from all seven provinces. Our main focus was to motivate and encourage the participants to observe the solar eclipse safely. We shared different methods of observations and recommended pinhole camera method in case the school or community do not have telescopes or solar eclipse glasses. Total of 193 participants registered for the interaction.

June 19, 2020: Special Weather Bulletin

For any national scale observation program, we have been contacting Meteorological Forecasting Division (MFD), Department of Hydrology and Meteorology (DHM) for couple of years. We contacted them with our request for the special weather bulletin for the eclipse day so that we can plan our observation accordingly. We received the bulletin which was very helpful for us to be in confidence that we will at least get an opportunity to observe the eclipse. In fact, we were able to observe the eclipse from starting to max from our office then it started to rain in Kathmandu.

June 19, 2020: Video Release for Safe Observation of the Eclipse

We released a special video with an information on how people can build pinhole camera box for the observation of the partial solar eclipse from home. Ms. Manisha Dwa, project coordinator at NASO explained the method in single shot video in order to motivate people to understand the easy way to build it from locally available resources. Click here to watch the video.

June 19, 2020: Interaction with Junior High School students and teachers

We had an excellent interaction session with the junior high school students and teachers. Students were really happy to know the easiest method they can use to observe the solar eclipse safely from their home. Teachers were happy that they had something to engage their students during the eclipse time!

June 20, 2020: TV interview

We had a good session with Avenues TV team visiting our office for the correct information as they were confused with the information related to eclipse provided by B.P. Koirala Memorial Planetarium, Observatory and Science Museum Development Board (BPKMPOSMD). The BPKMPOSMD is a government body for astronomy, astrophysics and space science in Nepal under the Ministry of Education, Science and Technology.

June 20, 2020: Interaction with SEE2076 students

This session was dedicated to the SEE2076 students ( who graduated class 10 this year) and the participants were from across the country. the session was hosted by Mr. Sagar Dahal, our National Astronomy Olympiad focal contact for Bagmati Pradesh and Vice-President of The Celebration Co-Ed School. The session was primarily focused on the solar eclipse and we spend our time interacting with the students and their queries related to eclipse.

June 20, 2020: Facebook Live Q/A Session on Eclipse

We had a very engaging Facebook live Q/A session where we answered queries from public. We answered the queries received through email, Facebook page and Instagram page as well as queries posted in our live session by the participants. Click here to watch the record of the session.

June 21, 2020: Eclipse Day

  • NASO Live: The scheduled live streaming from our YouTube Channel get disrupted due to technical and connectivity issues. 
  • Prime Times TV Live: We had the Prime Time Television joining us at our office for their live broadcasting of the eclipse with our interviews. Having a national television joining our live streaming encouraged us to help them to stream and share our scientific opinion on the solar eclipse. 
  • Photography/Videography: Our team were busy taking photos and videos while interacting with the televisions as well as news agencies and other media visiting our office.  
  • Interviews: Ms. Manisha Dwa was interviewed by Asian News International (ANI) and Mr. Suresh Bhattarai was interviewed by Agence France-Presse (AFP) about the eclipse, our preparation and opinions/views on different superstitious beliefs related to solar eclipse. Besides these two news agencies, our team were busy giving interviews to different television channels, radios and online media in before and during the eclipse.
  • Sharing Resources: We provided solar filters for the journalists assisting them for their photo and video reporting of the eclipse. We also provided eclipse glasses to them so that they can do some outreach while visiting other places for reporting.
Besides these activities, our office team was busy interacting and guiding science teachers at different locations for their arrangement of the safe solar eclipse observation programs. 

By now, we have reports of eclipse observations from province 1, province 2, Bagmati Pradesh, Gandaki Pradesh and province 5. We received a report of bad weather in Karnali Pradesh and Sudurpashchim Pradesh with didn't let people in this provinces to observe the eclipse. 

We also received several photos, videos and reports from students and teachers who used our video for making pinhole camera box for safe observation.

For those of you who have solar filters, eclipse glasses or made good pinhole camera box, we would advice them to keep them safe until October 25, 22 so that they can use it again for the safe observation. Yes, the next solar eclipse visible from Nepal will be on October 25, 2022 i.e. Kartik 08, 2079 (date conversion done with HamroPatro Mobile App). So, are you ready for 2022?

We would like to thank everyone who joined us to this one of the greatest moment of this year despite of this COVID-19 pandemic. Thank you!



Sunday, June 14, 2020

प्रेस विज्ञप्ति: वलय सुर्यग्रहण, असार ७, २०७७


मिति:जेठ ३२, २०७७



प्रेस विज्ञप्ति
वलय सुर्यग्रहण, असार ७, २०७७


नेपाली समय अनुसार असार ७ गते लाग्ने वलय सुर्यग्रहण नेपालबाट भने खण्डग्रास मात्र देखिनेछ। प्रदेश-१ बाट सन् १९६५ नोभेम्बर २३ तारिख विहान देखिएको वलय सुर्यग्रहण हेर्न नेपालले सन् २०६४ फेब्रुअरी १७ सम्म कुर्नुपर्ने छ जुन प्रदेश-१ को दक्षिणपूर्वी भूभागबाटै देखिनेछ।


असार ७ गते तदनुसार जुन २१ तारिखका दिन नेपालबाट देखिने खण्डग्रास सुर्यग्रहणका लागि देशका विभिन्न स्थान तथा हाम्रो कार्यालयमा विशेष व्यवस्थाको तयारी भएको भएपनि कोभिड-१९ महामारीका कारण हाम्रो युट्युब च्यानलमार्फत प्रत्यक्ष प्रसारणको तयारी गरिरहेको जानकारी गराउन चाहन्छौं।

प्रत्यक्ष प्रसारणको अग्रिम सुचनाको लागि हाम्रो युट्युब च्यानल (www.youtube.com/NASONepal ) सब्स्क्राईब गर्नुहुन सम्पूर्ण ग्रहणप्रेमी महानुभावहरुमा अनुरोध गर्दछौं।

नेपालका संघीय तथा प्रादेशिक राजधानीको लागि ग्रहणको समय:
राजधानी
सुरु समय
मध्य समय
अन्त्य समय
अत्यधिक ग्रहण (प्रतिशतमा)
काठमाडौँ
१०:५३:५८
१२:४१:०२
१४:२४:३५
८५.९४
बिराटनगर
१०:५८:४५
१२:४७:०४
१४:२९:२९
८०.६४
जनकपुर
१०:५५:०१
१२:४२:५०
१४:२६:२०
८१.८९
हेटौडा
१०:५२:५२
१२:३९:५८
१४:२३:५५
८४.९०
पोखरा
१०:५०:४५
१२:४१:५९
१४:२१:१४
८८.२५
बुटवल
१०:४८:५०
१२:३५:०६
१४:२०:०२
८६.३७
विरेन्द्रनगर
१०:४५:२४
१२:३०:१८
१४:१५:४२
९०.३५
धनगढी
१०:४२:४६
१२:२६:५२
१४:१२:४२
९१.६२



वैज्ञानिक मूल्य र मान्यता अनुसार सुरक्षित तरिकाले सुर्यग्रहण हेर्दा कुनै किसिमको हानी नोक्शानी नगर्ने कुरा यसै प्रेस विज्ञप्ति मार्फत सम्पूर्ण नेपाली जनतामा जानकारी गराउन चाहन्छौं।ग्रहण सम्बन्धि थप केहि जिज्ञाशा भए हाम्रो कार्यालयमा सम्पर्क गर्न अनुरोध गर्दछौ।



धन्यवाद,
सुरेश भट्टराई
नेपाल एष्ट्रोनोमिकल सोसाईटी (नासो)
(www.nepalastronomicalsociety.org)

नेपाल जनसम्पर्क संयोजक
इन्टरनेसनल एष्ट्रोनोमिकल युनियन (आई..यु.)
(www.iau.org/public/)

Friday, June 5, 2020

नेपालबाटआज राति पेनम्ब्रल चन्द्रग्रहण देख्न सकिने!

आज सन् २०२० को दोस्रो चन्द्रग्रहण लाग्दैछ जसलाई नेपालबाट पनि देख्न सकिन्छ। यो चन्द्रग्रहण खग्रास वा खण्डग्रास नभएर पेनम्ब्रल चन्द्रग्रहण हो।यो विरल छायाँजनित ग्रहण भएकोले नेपाल पञ्चाङ्ग निर्णायक समितिले प्रकाशन अनुमति दिएका पात्रोमा यस बारेमा भेटिँदैन। पौराणिक ज्योतिष शास्त्रमा यस किसिमको ग्रहणको अस्तित्व स्विकार गरिएको देखिँदैन।

ग्रहण आज राति ११ बजेर ३० मिनेटमा सुरु भई १ बजेर ९ मिनेटमा मध्य हुनेछ भने राति २ बजेर ४९ मिनेटमा सकिनेछ।

फाईल तस्बिर: गत पुष महिनामा नेपालबाट देखिएको पेनम्ब्रल चन्द्रग्रहणको दृश्य , मनिषा द्वा

के हो पेनम्ब्रल चन्द्रग्रहण?
सुर्य र चन्द्रमाको बिचमा पृथ्वी आउँदा एउटै सरल रेखामा परेको खण्डमा चन्द्रग्रहण लाग्ने गर्छ। चन्द्रग्रहण भनेको पृथ्वीको छाँया चन्द्रमामा पर्नु हो। यस्तो छायाँ दुइ प्रकारका हुन्छन्: सघन तथा बिरल: यति चन्द्रमा पृथ्वीको विरल छायाँमा परेमा पेनम्ब्रल चन्द्रग्रहण लाग्छ। यो ग्रहण नाङ्गो आँखाले खासै छुट्याउन नसक्ने हुनाले प्रचलनमा रहेको पञ्चाङ्ग तथा पात्रोमा यसको चर्चा गरिएको पाईदैन। यस ग्रहणको बेला तस्बिर खिची केहि वैज्ञानिक परिक्षण गर्न सकिने हुनाले वैज्ञानिक समुदायको लागि यस्तो ठुलो महत्व छ।

सन् २०२० मा लाग्ने ६ वटा ग्रहणमध्ये २ वटा सुर्यग्रहण तथा ४ वटा चन्द्रग्रहण छन्। नेपालबाट भने १ सुर्य तथा ३ चन्द्रग्रहण गरी चार ग्रहण देख्न सकिनेछ। ग्रहणको प्रकृति एउटा विश्वव्यापी हुन्छ भने अर्को स्थानीय हुन्छ। जस्तै सन् २०२० को पहिलो सुर्यग्रहणको विश्वब्यापी प्रकृति वलय सुर्यग्रहण भएता पनि नेपालबाट भने खण्डग्रास मात्र देखिनेछ।

सुर्यग्रहण सम्बन्धमा: 
सन् २०२० को पहिलो सुर्यग्रहण जुन २१ तदनुसार वि. सं. २०७७ असार ७ गते आईतबारका दिन लग्नेछ। अफ्रिकाबाट सुरु भई एशियामा आएर सकिएको वलय सुर्यग्रहण नेपालबाट भने खण्डग्रास मात्रै देखिनेछ।नेपालमा खग्रास सुर्यग्रहण वि. सं. २०७७ असार ७ गते आईतबार बिहान  १० बजेर ५३ मिनेटमा सुरु भई १२ बजेर ४१ मिनेटमा मध्य हुनेछ भने  २ बजेर २४ मिनेटमा सकिनेछ। त्यस दिन ग्रहण हेर्न चाहनेहरुका लागि नेपाल एस्ट्रोनोमिकल सोसाइटीले आफ्नो कार्यालय परिसरमा अवलोकनको विशेष व्यवस्था गर्ने तयारी गरेको थियो। तर कोभिड-१९ को महामारीले गर्दा प्रत्यक्ष प्रसारण को तयारी हुदैछ।सन् २०२० को दोस्रो तथा अन्तिम सुर्यग्रहण डिसेम्बर १४ तदनुसार वि. सं. २०७७ मङ्सिर २९ गते सोमबारका दिन लग्नेछ तर नेपालबाट भने देखिने छैन।

चन्द्रग्रहण सम्बन्धमा: 
सन् २०२० को पहिलो चन्द्रग्रहण नेपालबाट जनवरी १०/११ मा देखिएको थियो। वि. सं. २०७६ पुष २५ गते शुक्रबार राति १० बजेर ५२ मिनेट मा सुरु भई १२ बजेर ५५ मिनेटमा मध्य भएको ग्रहण राति २ बजेर ५७ मिनेटमा सकिएको थियो। यो चन्द्रग्रहण खग्रास वा खण्डग्रास नभएर पेनम्ब्रल चन्द्रग्रहण थियो। सन् २०२० को दोस्रो चन्द्रग्रहण नेपालबाट देख्न सकिन्छ जुन आज राति लग्दैछ। ग्रहण जुन ५/६ तदनुसार वि. सं. २०७७ जेठ २३ गते शुक्रबार अर्थात्  आज राति ११ बजेर ३० मिनेट मा सुरु भई राति १ बजेर ९ मिनेटमा मध्य हुनेछ भने राति २ बजेर ४९ मिनेटमा सकिनेछ। यो चन्द्रग्रहण खग्रास वा खण्डग्रास नभएर पेनम्ब्रल चन्द्रग्रहण हो।

सन् २०२० को तेस्रो चन्द्रग्रहण जुलाई ५/६ को राति लाग्ने छ भने नेपालबाट देख्न सकिने छैन। यो चन्द्रग्रहण खग्रास वा खण्डग्रास नभएर पेनम्ब्रल चन्द्रग्रहण हो। सन् २०२० को चौथो तथा अन्तिम चन्द्रग्रहण नोवेम्बर ३० तदनुसार वि. सं. २०७७ मङ्सिर १५ गते सोमबार साँझ निकै छोटो समय देखिनेछ। यो ग्रहण चंद्रोमय हुनुभन्दा पहिलेनै सुरु भैसकेको हुने र चन्द्रोदय भएको केहि समयमा नै सकिने हुनाले हेर्नको लागि कुनै डांडामा जानु उचित हुनेछ।

Tuesday, June 2, 2020

All-Nepal Asteroid Search Training, June 4-5, 2020!

In order to help more students and teachers in Nepal understand the CCD Astrometry, Digital Sky Surveys and different astronomical software, types of asteroids, their discovery process, we are organizing a training each month this year. The June session will be held during June 4-5, 2020 where participants will get an opportunity to interact, build network with form their teams for upcoming asteroid search campaigns.

Registration deadline: 5:00 PM, Wednesday, June 3, 2020


All-Nepal Asteroid Search Campaign will be held online during June 4-5, 2020 from 1:00 PM -4:00 PM. The details of the meeting will be provided to all registered participants via meial.

How to register? 

  1. Fill in this form
  2. Pay the registration: NRs 1,000 (One Thousand Nepali Rupees only)
  3. Send us the proof of payment to confirm your seat


What are the prerequisite for participation?

In order to make your learn the skills and build good understanding of astronomical observation, we request you to have the following:

  • Laptop/Desktop with Windows Operating System
  • Internet connection
  • Commitment in learning


How long will be the training?

  • The online training session will be total of 6 hours which includes 3 hours introduction and 3 hours hands-on session in two consecutive days. 


Will I receive certificate of participation?

  • Yes, a digital certificate will be provided to all successful participants via email.


Registration deadline: 5:00 PM, Wednesday, June 3, 2020

Since we introduced training program to support interested students and teachers to learn more, we have total of seven provisional discoveries until April 2020! The next can be you to discover more! Join the training and build your search skills!



Thursday, May 21, 2020

Call for Astrophoto 2020!

We are pleased to announce that we will be hosting joint 'Astrophotography Exhibition' with India and China In June 2020.

For this, we open a call for Astrophotos where anyone who has taken Astrophotos from Nepal can submit for the evaluation. Selected photos will be showcased during the exhibition.



Due to COVID-19 pandemic, the exhibition will be online. For more details, please read the information in the poster or contact us. 

Looking forward to welcoming some exciting works of you for the exhibition. 


Tuesday, May 19, 2020

Call for Proposal: Telescopes for All 2020!

We are pleased to share that IAU Office of Astronomy Outreach (IAU OAO) has call for the proposal from people around the world or its new project where they will be distributing 15 telescopes globally. 

***The deadline for submissions is June 1, 2020***

***Winners will be announced by June 15, 2020***

We encourage applications related to our IAU Global Outreach Events for 2020, especially in alignment with IAU OAO Inspiring Stars Program, in which the IAU endorses best practices for inclusive astronomy outreach. The main goal of the program is to broaden the horizons of children, parents and educators alike, sparking an interest in science and raising awareness for equal opportunities for pursuing a career in astronomy.



If you want to participate, reach out to IAU National Outreach Coordinator (NOC) for Nepal and present them your proposal to request an endorsement.

We encourage schools, college, clubs, individuals or amateur groups to apply for this call for proposal so that if they win the telescope they can serve their community with astronomy outreach. Priority will be given to activities that tackle gender equality and take underrepresented groups into account. 

Though IAU National Outreach Coordinators are also eligible to participate, IAU National Outreach Coordinator (NOC) for Nepal will not participate in order to provide equal/fair opportunity to everyone applying from Nepal! 

Submission Format

Submit one paragraph  (maximum 300 words) describing how and where the telescope will be used to inspire children with astronomy in Nepal.

Submission Process

  1. Individual/school/college/club/group submit the proposal to IAU NOC for Nepal for endorsement
  2. IAU NOC for Nepal provides endorsement
  3. Individual/school/college/club/group submit the proposal and proof of endorsement from IAU NOC for Nepal to the IAU OAO via email (public@oao.iau.org) with the subject line: Telescopes for All 2020 
Submissions will be evaluated based on
  1. creativity
  2. impact
  3. sustainability

About the Telescopes

The telescope is a refractor Bresser 90/900 and will be delivered with a special mount, custom-made by ATM group “kijkerbouw VSRUG” (Ghent Belgium) for the project SSVI. The equipment comes complete with telescope tube, viewfinder, zenith prism, one accompanying eyepiece plössl 25mm and the mount. This telescope can be used to observe the Moon, the planets of our Solar System, some of their moons, and the most bright Messier objects (for example the Orion Nebula, globular clusters and binary stars). A sun filter is also included.

​Notes on Shipping

Winners will be sent a telescope (in one single package) with a tracking number. Information about the educational value of the telescope will be included. The recipient of the telescope will be responsible for any local expenses (like customs taxes). It is not possible to resend the telescope, so accurate address and contact phone number should be provided.

If you have any queries or need assistance or further information about the project, please feel free to contact our office,
Nepal Astronomical Society
House No. 39/30, Manjushree Marg
Battishputali, Kathmandu
44621, Bagmati, Nepal 

Sunday, May 17, 2020

NAO2020 Pre-closed Camp Result Published Today!

The result of the Pre-Closed Camp of the 7th National Astronomy Olympiad 2020 senior category, published today! Pre-Closed is the second round of the National Astronomy Olympiad (NAO) program in Nepal. It was held during February 15-March 15, 2020 students selected from the first rounds were provided different assignments. Based on the evaluation of the submissions of the assignments by the participants, 40 students have been selected for the final round i.e. closed camp of NAO.


Selected students will be invited to participate at the Closed Camp session to be held during Jun/July this year. Due to COVID-19 pandemic, we are working on online version of the closed camp.

Students are requested to contact our office for further details. We also request them to check their emails regularly for updates/preparation for the upcoming closed camps sessions.

Congratulations to all the selected students!

Wednesday, May 13, 2020

Sign Up for NASA Space Apps COVID-19 Challenge in Nepal!

The wait is now over! Registration for the NASA Space Apps COVID-19 Challenge is now available! It's time to use NASA, ESA and JAXA earth observation data to participate in the challenge set by COVID-19 pandemic!

How to register?
1) Visit www.nepalastronomicalsociety.org/covid19
2) Click on the event 'NASA Space Apps COVID-19 Challenge, May 30-31, 2020
3) You will be redirected to sign up page
4) Sign up yourself with your ' email' and chosen' username'
5) You will receive an email to' Verify' your account. Once, verified you will receive another email with verification confirmation.
6) Choose 'South and Central Asia' and click on Register Now'.
7) Check your email for registration confirmation. Note your username and password that you created for accessing the Challenge 'Dashboard' and learn more!
8) For any confusion or issues, contact NASO office, for the support.

Ready to be a part of this global event in Nepal? Register now! We look forward to welcoming you!

Monday, May 11, 2020

प्रेस विज्ञप्ति: नासा स्पेस एप्स कोभिड-१९ च्यालेन्ज २०२०

मिति: बैशाख २९, २०७७

प्रेस विज्ञप्ति
नासा स्पेस एप्स कोभिड-१९ च्यालेन्ज २०२०


विश्वब्यापी रुपमा कोभिड-१९ ले पारेको प्रभाव र यसको समाधानको खोजिको एक प्रयास स्वरुप यहि जेठ १७ र १८ गते संचालन हुने नासा स्पेस एप्स कोभिड-१९ च्याल्लेंज २०२० नेपालमा पनि संचालन गर्दैछौं. यस ४८ घन्टे विश्वव्यापी भर्चुअल ह्याकथानमा सहभागीहरुले अमेरिकी अन्तरिक्ष संस्था नेसनल एरोनोटिक्स स्पेस एड्मिनिस्ट्रेसन (नासा), युरोपेली अन्तरिक्ष सस्था युरोपियन स्पेस एजेन्सी (इसा) तथा जापानिज अन्तरिक्ष संस्था जापान एरोस्पेस एक्सप्लोरेसन एजेन्सी (जाक्सा) द्वारा प्रदान गरिने डाटा/तथ्यांकमा काम गर्दै कोभिड-१९ को समाधानका उपाए खोज्ने प्रयास गर्नेछन्। यस ४८ घण्टाको अवधिमा, विश्वभरिका सहभागीहरूले भर्चुअल टोलीहरू सिर्जना गर्नेछन् र कोभिड-१९  महामारी सम्बन्धी मुद्दाहरूको समाधान विकास गर्न पृथ्वी अवलोकन डाटा प्रयोग गर्नेछन्।

यस कार्यक्रममा भाग लिन नेपाल तथा विदेशमा अध्ययनरत/कार्यरत नेपालीहरुलाई आह्वान गर्न चाहन्छौं। हामी यस चुनौतीमा सामेल भएर नासा, इसा तथा जक्साद्वारा प्रदान गरिने पृथ्वीको अवलोकनको तथ्यांकलाई केलाउंदै समाधान खोज्ने प्रयासमा नेपाली कोडर, उद्यमी, वैज्ञानिक, डिजाइनर, कथाकार, निर्माता, निर्माणकर्ता, कलाकार तथा प्राविधिज्ञहरुलाई आह्वान गर्न चाहन्छौं।

यो चुनौती निम्नलिखित विषयगत क्षेत्रहरूमा केन्द्रित रहनेछ:
१) अन्तरिक्षबाट प्राप्त तथ्यांकको आधारमा भाईरस तथा यसको फैलावटको अध्ययन
२) स्थानीय प्रतिक्रिया/ परिवर्तन र समाधानहरू
३) कोभिड-१९ को पृथ्वी-प्रणाली / पृथ्वी-प्रणाली प्रतिक्रियामा प्रभाव
४) कोभिड-१९ को समयावाधि तथा आगामी दिनमा हुने आर्थिक अवसर, प्रभाव र रिकभरीको अवस्था

कार्यक्रमको लागि दर्ता भोलि मंगलबार बैशाख ३० गते विश्वव्यापी रुपमै खुला गरिदैंछ। नेपाल एष्ट्रोनोमिकल सोसाईटी (नासो) ले इनोवेट नेपाल ग्रुप (आईएनजी) संगको सहकार्यमा गत वर्षदेखि नासा स्पेस एप्स च्यालेन्ज गर्न थालेको हो।

कार्यक्रम सम्बन्धि थप जानकारी चाहिएमा वा जिज्ञासा भएमा हाम्रो कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ।

धन्यवाद,
सुरेश भट्टराई
अध्यक्ष
नेपाल एष्ट्रोनोमिकल सोसाईटी

Monday, May 4, 2020

GW190412: असमान भार भएका बाइनरी ब्ल्याक होल प्रणालीको पहिलो अबलोकन!

Nepali Translation of GW190412 LIGO Virgo Science Summary*

अप्रिल १२, २०१९ मा, LIGO र Virgo डिटेक्टरहरुले  दुई ब्ल्याक होलको (Black hole) इन्स्पाइरल  र मर्जरले उत्पादन गरेको गुरुत्वाकर्षण तरंगहरू अवलोकन गरे ।  यो GW190412 नामक तरंग, त्य्सबखत  संचालित तीनै डिटेक्टरहरुमा देखिएको थियो: दुइ  LIGO डिटेक्टरहरु (एक ह्यान्फोर्ड, वाशिंगटन र एक लिभिंग्स्टन, लुजीयाना) र अर्को  Virgo डिटेक्टर (क्यासिन, इटाली)। GW190412 Advanced LIGO र Virgo को तेस्रो अवलोकन अबधि (O3), जुन अप्रिल  १, २०१९ मा शुरू भयो र मार्च २, २०२० मा सकियो, को शुरुवात नजिकै पत्ता लागेको हो।

GW190412 नौलो छ किनकि यो पहिलो ब्ल्याक होल मर्जर हो जहाँ दुई ब्ल्याक  होलहरूको भार निश्चित रूपमा असमान छ - यो प्रणालीमा एक ब्ल्याक होल अर्को भन्दा तीन गुणा भारी छ। यो असमानताले गुरुत्वाकर्षण-तरंगलाई  यस्तो तरीकाले परिमार्जन गर्दछ कि हामीले यस्तो प्रणालीको दूरी, झुकाव, भारी ब्ल्याक होलको स्पिन, र प्रणालीको प्रिसेसन अझ राम्रोसंग मापन गर्न सक्छौ । थप रूपमा, GW190412 को असमान भारले हामीलाई अल्बर्ट आइन्स्टाइनको सामान्य सापेक्षताको पूर्वानुमान पुष्टी गर्न सहयोग गर्दछ ।

हामीलाई कसरी थाहा छ  की GW190412 एक वास्तविक गुरुत्वाकर्षण तरंगको संकेत हो  भनेर?
GW190412 तरङ्गको संकेत सबै डिटेक्टरहरूमा देखा परेको थियो । तीन डिटेक्टरहरू एक अर्कादेखि सबै हजारौं किलोमिटर टाढा भएका हुनाले सबै डिटेक्टरहरूमा यो संकेत लगभग एकैसाथ देखिनुले यसको श्रोत स्थानीय नभई खगोल केन्द्रित हो भन्ने कुराको पुष्टी गर्दछ ।

GW190412 को टाइम- फ्रीक्‍वेन्‍सी, एक स्पेक्ट्रोग्राम को रूपमा, चित्र 1 मा देखाइएको छ। GW190412 को संकेत हानफोर्ड र लिभिंग्स्टन डिटेक्टरहरुको डेटामा "आँखाले" हेर्नको लागि पर्याप्त बलियो भएतापनी, हामीले थुप्प्रै अल्गोरिथ्महरु प्रयोग गरेर ऊक्त डेटामा प्रणालीगत रुपमा  गुरुत्वाकर्षण - तरंग संकेतहरूको खोज  र  ती  संकेतहरुको महत्त्व निर्धारण गर्छौ। हामीले प्रयोग गर्ने  प्रविधिहरु म्‍याच फिल्टरिंगमा निर्भर हुन्छन्, जसले अवलोकन गरिएको डाटालाई सामान्य सापेक्षताबाट पूर्वानुमान गरिएको नक्कल संकेतहरूसँग तुलना गर्दछ। कुनै पनि संकेत डिटेक्टर नोइसको कारण गर्दा हुन सक्ने सम्भावनालाई फल्स अलार्म रेट भनिन्छ। अप्रिल ८  देखि अप्रिल १८ सम्मको डाटा प्रयोग गरेर, हामीले फल्स अलार्म रेट एक घटना प्रतेक ३०,००० वर्षको दरले  फेला पार्‍यौं! O3 को पुरै डाटा विश्लेषण गरेपछि यो फल्स अलार्म रेटको महत्व झन् बढ्न सक्छ। हामीले नोइसका अन्य प्रकार र वातावरणीय स्रोतहरूको लागि पनि जाँच गरेका थियौं, तर  GW190412 को पहिचान वा विश्लेषणमा खासै प्रभाव पार्न सक्ने केहि पनि भेटिएन।

GW190412 मा भेटिएका  दुई ब्ल्याक  होलहरुको एकल  तौल पहिलेको दुइवटा  रनहरु मा देखेको संग मिल्दो जुल्दो  छ - एक ब्ल्याक  होल सूर्यको मान भन्दा ३० गुणा भारी, र आर्को  सूर्यको मान भन्दा ८ गुणा थियो। तर GW190412 मा भएका दुई   ब्ल्याक होलको भार अनुपात पहिला भेटिएका ब्ल्याक होल मर्जर भन्दा धेरैनै भिन्न छ। पहिलो र दोस्रो रनमा भेटिएका १० ब्ल्याक होलहरुको भार एकआर्कसंग मिल्दोजुल्दो भएतापनि GW190412 मा एउटा ब्ल्याक होल आर्को भन्दा तीन गुना भारी रहेको छ। भारमा बिबिधता भएकै कारण GW190412 ले असमान  तरिकाले गुरुत्वाकर्षण तरंगहरू उत्पादन गर्छ जसले गर्दा यो प्रणालीको प्यारामिटर थाहा पाउन सजिलो हुन्छ। यो प्रणालीको ईफेक्टिभ स्पिन पोसिटिभ भएकाले कुनै एक ब्ल्याक होल प्रणालीको ओर्बिटबाट नजिकै घुमिरहेको कुरा थाहा हुन्छ। विशेष रूपमा, GW190412 को असमान भारको  कारण हामी पहिलो पटक ठूलो ब्ल्याक होलको स्पिनको बारेमा थप ज्ञान हासिल गर्न  सक्यौ, जुन सामान्य सापेक्षिकताद्वारा अनुमानित  अधिकतम  स्पिनको ४० %  स्पिनमा घुमिरहेको  भेट्यौ । यस प्रणालीको ईफेक्टिभ स्पिन र भार अनुपात चित्र २ मा हेर्न सकिन्छ। चित्रमा प्रणालीको प्रिसेसनको संकेत झीनो छ तेसैले प्रिसेसनको निष्कर्ष निकालिहाल्न मिल्दैन। असमान भारले गर्दा नै यो प्रणालीको दुरी र झुकाब आझै राम्रो संग आंकलन गर्न सकिएको हो । GW190412 पृथ्वी  भन्दा २.५ अर्ब प्रकाश वर्ष टाढा रहेको अनुमन गर्न सकिन्छ।

दुइ असमान ब्ल्याक होलबाट  निर्मित बाइनरी ब्ल्याक होल प्रणाली

LIGO र Virgo ले  अहिले सम्म अवलोकन गरेका  कम्प्याक्ट बाइनरीहरु मार्फत हामीलाई यी बस्तुहरुको बारेमा धेरै नयाँ ज्ञान प्राप्त भएको छ।। दुई असमान ब्ल्याक होलबाट  निर्मित बाइनरी ब्ल्याक होल प्रणालीको रूपमा, GW190412 ले हामीलाई यो प्रणाली को उत्पतिको बारेमा थप ज्ञान दिएको छ। यस एकल घटनाको अवलोकनले हामीलाई येस्ता  ब्ल्याक होल प्रणालीहरू तुलनात्मक रूपमा सामान्य छन् र त्यसकारण हामीले भविष्यमा त्यस्ता धेरै प्रणालीहरू अवलोकन गर्न अपेक्षा गर्नुपर्दछ।

खगोलविद्हरूले ब्रह्माण्डमा बाइनरी ब्ल्याक होलहरू कसरी बन्छन्‌ र तिनीहरूको अपेक्षित जनसंख्या र अन्य गुणहरुको आंकलन गरेर भौतिक नमूनाहरू बनाएका छन्। यद्यपि प्राय सबै नमुनाहरुले बराबर भार भएका बाइनरी ब्ल्याक होल प्रणाली अधिक सामान्य हुनुपर्दछ भन्ने पूर्वानुमान गरेका छन् । तर कतिपय नमुनाहरुले  GW190412 जस्तो स्पष्ट रूपमा असमान भार भएका प्रणालीहरू पनी प्रशंसनीय संख्यामा हुनसक्ने पूर्वानुमान गरेका छन्। त्यस्ता प्रणालीहरू सामान्यतया कम्तिमा उनीहरूको बराबर-बराबर समकक्षहरू भन्दा दश गुणा कम हुने अनुमान गरिन्छ। यद्यपि GW190412 जस्तो प्रणालीको अवलोकन अप्रत्याशित भने होइन। हामीले १० भन्दा बढी कम्प्याक्ट बाइनरीहरु पत्ता लगाइसकेका अवस्थामा यो पूर्वानुमान भित्रै पर्छ। । भबिस्यमा गुरुत्वाकर्षण तरंग मार्फत हामी अझ धेरै प्रणालीहरू अवलोकन गर्ने अपेक्षा गर्छौं जसले भौतिक विज्ञानको बारेमा हाम्रो दृष्टिकोण अझ राम्रोसँग प्रकाश पार्नेछ।


* This document was translated by Sudarshan Karki and Sushant Sharma-Chaudhary with the help of Google Translate. This is not a verbatim translation and some materials that are not easily translatable are left out. Please refer to the English version for a full science summary.

Thursday, April 30, 2020

प्रेस विज्ञप्ति: राष्ट्रिय क्षुद्रग्रह खोज अभियान सम्बन्धमा!

मिति: वैशाख १८, २०७७


प्रेस विज्ञप्ति
राष्ट्रिय क्षुद्रग्रह खोज अभियान सम्बन्धमा!

नेपाल एष्ट्रोनोमिकल सोसाईटीले सन् २०१६ देखि नेपालमा संचालन गर्दै आएको राष्ट्रिय क्षुद्रग्रह खोज अभियान मार्फत नेपाली विद्यार्थी तथा शिक्षकहरुले हालसम्म ७५८ (सात सय अन्ठाउन्न) वटा क्षुद्रग्रहहरुको प्रारम्भिक पहिचान (Preliminary Status) गरिसकेको जानकारी गराउन चाहन्छौं। यी ७५८ प्रारम्भिक पहिचान भएका मध्ये हालसम्म ७ (सात) वटा क्षुद्रग्रहहरुले अस्थाई पहिचान (Provisional Status) पाइसकेको यहाँहरु माँझ  जानकारी गराउन पाउँदा निकै हर्षित छौं। यी सबै अस्थाई पहिचान पाउने क्षुद्रगृहहरु नेपाली विद्यार्थी तथा शिक्षकहरुले सन् २०१८ र २०१९ मा पत्ता लगाएका हुन्।

हालसम्म अस्थाई काम प्राप्त गर्न सफल क्षुद्रगृहहरु यसप्रकार छन्: २०१८ वाईएस४ (2018 YS4)२०१९  एई१८ (2019 AE18)२०१९ जेएफ६० (2019 JF60)२०१९ केबि१५ (2019 KB15)२०१९ केके१८ (2019 KK18)२०१९ केडब्ल्यु९ (2019 KW9) र २०१९ केके५ (2019 KK5)। यी सातमध्ये पहिलो छ वटा क्षुद्रग्रहहरु मेनबेल्ट एस्टेरोइड (Main Belt Asteroid) हुन् भने अन्तिम सातौं एपोलो समुहको नियर अर्थ एस्टेरोइड (Near Earth Asteroid/ Apollo Group) हो । यी क्षुद्रगृहहरु कक्षा ८ देखि स्नातकोत्तर गर्दै गरेका विद्यार्थी एवं माध्यमिक तथामा शिक्षणरत शिक्षक/शिक्षिकाहरुले पत्ता लगाएका हुन् ।

राष्ट्रिय क्षुद्रग्रह खोज अभियान अन्तर्गत भाग लिएका विद्यार्थीहरुले अमेरिकाको हवाईस्थित १.८ मीटर को टेलिस्कोपले खिचेका तस्विरहरुमा आफ्नो इन्टरनेटसहितको कम्प्युटरमा दिईएको सफ्टवेयर मार्फत खोजि गर्नु पर्ने हुन्छ । यी तस्विरहरु अमेरिका स्थित हाम्रो सहकर्मी संस्था 'इन्टरनेसनल एष्ट्रोनोमिकल सर्च कोलाबोरेशन-ई.ए.एस.सी.' ले प्रदान गर्दै आएको छ ।  सन् २०१८ देखि हामीले क्षुद्रग्रह खोज तालिम संचालन गरे संगै कार्यक्रम थप प्रभावकारी भन्दै गएको देखिएको छ। ईच्छुक जो कोहीले हाम्रो खोज टोली बनाएर अभियानमा भाग लिन आवेदन दिन सक्छन। अभियानमा भाग लिन कुनै शुल्क लाग्दैन । प्राप्त आवेदनहरुमध्ये प्रत्येक यस वर्ष देखि प्रत्येक अभियानमा १५ टोली समावेश गरिदै आएका छौं।


कार्यक्रम सम्बन्धि सम्पूर्ण जानकारीक लागि www.nepalastronomicalsociety.org/asteroidsearch हेर्नुहोला।


धन्यवाद,

सुरेश भट्टराई
अध्यक्ष
नेपाल एष्ट्रोनोमिकल सोसाईटी