Monday, May 11, 2020

प्रेस विज्ञप्ति: नासा स्पेस एप्स कोभिड-१९ च्यालेन्ज २०२०

मिति: बैशाख २९, २०७७

प्रेस विज्ञप्ति
नासा स्पेस एप्स कोभिड-१९ च्यालेन्ज २०२०


विश्वब्यापी रुपमा कोभिड-१९ ले पारेको प्रभाव र यसको समाधानको खोजिको एक प्रयास स्वरुप यहि जेठ १७ र १८ गते संचालन हुने नासा स्पेस एप्स कोभिड-१९ च्याल्लेंज २०२० नेपालमा पनि संचालन गर्दैछौं. यस ४८ घन्टे विश्वव्यापी भर्चुअल ह्याकथानमा सहभागीहरुले अमेरिकी अन्तरिक्ष संस्था नेसनल एरोनोटिक्स स्पेस एड्मिनिस्ट्रेसन (नासा), युरोपेली अन्तरिक्ष सस्था युरोपियन स्पेस एजेन्सी (इसा) तथा जापानिज अन्तरिक्ष संस्था जापान एरोस्पेस एक्सप्लोरेसन एजेन्सी (जाक्सा) द्वारा प्रदान गरिने डाटा/तथ्यांकमा काम गर्दै कोभिड-१९ को समाधानका उपाए खोज्ने प्रयास गर्नेछन्। यस ४८ घण्टाको अवधिमा, विश्वभरिका सहभागीहरूले भर्चुअल टोलीहरू सिर्जना गर्नेछन् र कोभिड-१९  महामारी सम्बन्धी मुद्दाहरूको समाधान विकास गर्न पृथ्वी अवलोकन डाटा प्रयोग गर्नेछन्।

यस कार्यक्रममा भाग लिन नेपाल तथा विदेशमा अध्ययनरत/कार्यरत नेपालीहरुलाई आह्वान गर्न चाहन्छौं। हामी यस चुनौतीमा सामेल भएर नासा, इसा तथा जक्साद्वारा प्रदान गरिने पृथ्वीको अवलोकनको तथ्यांकलाई केलाउंदै समाधान खोज्ने प्रयासमा नेपाली कोडर, उद्यमी, वैज्ञानिक, डिजाइनर, कथाकार, निर्माता, निर्माणकर्ता, कलाकार तथा प्राविधिज्ञहरुलाई आह्वान गर्न चाहन्छौं।

यो चुनौती निम्नलिखित विषयगत क्षेत्रहरूमा केन्द्रित रहनेछ:
१) अन्तरिक्षबाट प्राप्त तथ्यांकको आधारमा भाईरस तथा यसको फैलावटको अध्ययन
२) स्थानीय प्रतिक्रिया/ परिवर्तन र समाधानहरू
३) कोभिड-१९ को पृथ्वी-प्रणाली / पृथ्वी-प्रणाली प्रतिक्रियामा प्रभाव
४) कोभिड-१९ को समयावाधि तथा आगामी दिनमा हुने आर्थिक अवसर, प्रभाव र रिकभरीको अवस्था

कार्यक्रमको लागि दर्ता भोलि मंगलबार बैशाख ३० गते विश्वव्यापी रुपमै खुला गरिदैंछ। नेपाल एष्ट्रोनोमिकल सोसाईटी (नासो) ले इनोवेट नेपाल ग्रुप (आईएनजी) संगको सहकार्यमा गत वर्षदेखि नासा स्पेस एप्स च्यालेन्ज गर्न थालेको हो।

कार्यक्रम सम्बन्धि थप जानकारी चाहिएमा वा जिज्ञासा भएमा हाम्रो कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ।

धन्यवाद,
सुरेश भट्टराई
अध्यक्ष
नेपाल एष्ट्रोनोमिकल सोसाईटी

No comments:

Post a Comment