Dr. Prajwal Kafle |
खगोल विज्ञानका निम्ति ब्रहमाण्ड आफै प्रयोगशाला जस्तो हो। अनुकुल समयमा प्रयोग(experiment) गरौँ भन्न पनि नमिल्ने प्रयोगशाला।अहिले चर्चामा रहेको गुरुत्वाकर्षण तरङ्ग हाम्रो आकाशगंगामा प्रवेश गर्दा मानव जाति ढुंगे युगका बाँदरनै थिए!
गुरुत्वाकर्षण तरङ्ग र त्यसै प्रसङ्गमा अल्बर्ट आइन्स्टाइनका बारेमा विगत केही दिनहरुमा पत्रपत्रिका, टि.भी., सामाजिक संजालमा नलेखिएका र नभनिएका थोरै मात्र कुराहरु मात्र होलान। यहाँ त्यहि गुरुत्वाकर्षण तरंग सम्बन्धि त्यति चर्चामा नआएका केही पृथक प्रसङ्गहरु राख्न चाहन्छु।
सुर्य जस्ता ३०० खरब ताराहरु मिलेर बनेको छ हाम्रो आकाशगंगा (MilkyWay galaxy)। त्यस्ता खरबौ आकाशगंगाहरु( galaxies ) छन् ब्रहमाण्डमा (in the Universe)। दुर त्यस्तै कुनै एक आकाशगंगामा ब्लैक होल (Black Hole) भनिने सुर्य भन्दा कयौ गुणा भिम्काए पिण्डहरु एक आपसमा जुद्दा गुरुत्वाकर्षण तरंगहरु पैदा भए। ति तरंगहरु प्रकाशको गतिले चारै तिर छरिए। अन्तत्वो हामी सम्म पनि ति तरंगहरु आइपुगे। अनि ति तरंगहरुलाई हामीले यो पटक मापन गर्न सक्षम भए संगै बिज्ञानको एउटा कालखण्ड समाप्त भयो भन्दा फरक नपर्ला। Albert Einsteinको १०० वर्ष पुरानो सिदान्त पनि अन्तत्वगोत्व प्रमाणित भयो।
ब्रहमाण्डमा यी तरंगहरु पहिलो पटक निस्केका होइनन्। भाग्यवस, यो पटक मानव शभ्यता तम-तयार थियो र Advance LIGOको मद्दतले यि तरंगहरु सुन्न सकियो।
भाग्यवस चाहिँ किन भने, गुरुत्वाकर्षण मै शोध गरेका रिच आइजाच्चोन NSF(अमेरिकाको बिज्ञानमा लगानी गर्ने संस्था) मा नहुँदा हुन् त वजेट अभावका कारण प्रथमत LIGO नै बन्ने थिएन। त्यो समयमा LIGOमा लाग्ने खर्चले अरु बिज्ञानका क्षेत्रहरुको वजेट कटौती हुनसक्छ भन्ने धेरैलाई संसय थियो। अन्त समय सम्म पनि तिनीहरु LIGOको विरोधमै थिए। विकसित राष्ट्रहरुमा रिसर्चमा लगानी हाम्रो दाँजोमा धेरै जस्तो देखिने भएता पनि, त्यहाँ पनि लगानी निश्चित र अत्यन्तै प्रतिस्पर्धी हुने गर्छन। सोझै साधारण जनजीवनमा प्रभाव पार्ने खालका छैनन् भने त बजेट पाउन असम्भव प्राय नै हुञ्छ।
भाग्यवस किन पनि भने, Advance LIGOबन्दै गर्दा ८३ वर्षीय भौतिकशास्त्री रैनेर वेइस्सले उपकरण परिक्षणको काम नसकिएकाले केही दिन थप समय मागेका थिए। सन्जोग हर्नुस, त्यहि मागेको भनिएको थप दिन भित्रै यी तरङ्ग ति उपकरणमा मापन गरिएका हुन्। धन्न उनको अर्जी मानिएन नत्र तरङ्ग पृथ्वीबाट गुज्रिदा सम्पूर्ण उपकरण निदाई रहेकै हुने थियो होला। जम्मा-जम्मी ४ सेकन्डमै पृथ्वी पार गरिसक्ने ति तरङ्गहरु भविस्यमा फेरी कहिले हामीले मापन गर्न सक्थ्यौ अड्कल गर्न गारो छ।
विज्ञानका अरु क्षेत्र भन्दा खगोलको फरक चुनौती नै यही हो। खगोल विज्ञानका निम्ति ब्रहमाण्ड आफै प्रयोगशाला जस्तो हो। अनुकुल समयमा प्रयोग(experiment) गरौँ भन्न पनि नमिल्ने प्रयोगशाला। आफैं ठाउँमा पुगेर दुई ब्लैक होल जुधाउन पनि नमिल्ने। कुनै घटना आकाशमा कहिले होला कुरिरहनु पर्ने। अझ आकाशमा हरेक वस्तु यति बिशाल दुरीमा हुन्छन कि एक ठाउँबाट अर्को ठाउँ सम्म पुग्न पनि करोडौ वर्ष लाग्छ। जस्तो कि सुर्य बाट किरण पृथ्वी सम्म आइपुग्न पनि औसत ८ मिनेट २० सेकन्ड लाग्छ। अहिले चर्चामा रहेको गुरुत्वाकर्षण तरङ्ग हाम्रो आकाशगंगामा प्रवेश गर्दा मानव जाति ढुंगे युगका बाँदरनै थिए!
फेरी बिषयमै फर्किउ। भानिन्छ नि असाधारण दावीका लागी प्रमाणहरु पनि असाधारण हुनु पर्छ। शताब्दी नाघी सकेको गुरुत्वाकर्षण तरङ्ग सम्बन्धि सिदान्त, जसलाई ४० वर्ष खोज गर्दा नि प्रमाणित गर्न सकिएको थिएन, त्यस कुरोको प्रमाण पनि असाधारण, अकाट्य नै दिनु पर्ने थियो।
१४ सितम्बर २०१५मा प्रथम पटक तरङ्गहरु लिभिङ्ग इस्टोन, अमेरिकामा मापन गर्दा उपकरणको अन्तिम परिकक्षण त बाँकी नै थियो भनिन्छ। हुन त मुख्य परिकक्षणहरु पहिला नै भैसकेका थिए। पूर्ण रुपमा जाँची नसकेकाले पनि हुनसक्छ LIGO टिमका झन्डै एक हजार वैज्ञानिकहरु यस वर्षको शुरुमै पत्ता लागिसकेको तरङ्ग सम्बन्धि डाटा दोहोराएर, बारम्बार छड्के परिक्षण र पूर्ण अध्ययन गरे पश्चात मात्र केही दिन अघि सार्वजनिक गरेका हुन्।
एउटा रोचक प्रसङ्ग के खुल्न आएको छ भने LIGO भित्र फर्जी तरङ्ग पैदा गर्ने केही व्यक्तिको ग्रुप नै बनाइएको थियो। त्यस्ता फर्जी तरङ्गहरुले LIGOका बाँकी वैज्ञानिकहरुलाई चनाखो बनाई राख्ने काम गर्थ्यो। एक पटक त यति सम्म झुकीए छन् कि झन्डै त्यो खोज प्रकाशित हुने अन्तिम चरणसम्म पुगेको थियो भनिञ्छ। तर यो पटक दुइ फरक फरक ठाउँमै ति तरङ्गहरु केही समयको अन्तरालमा नापिए पछि भने कुनै शंका रहेनन् कि आइन्स्टाइन यो पटक पनि सहि नै सावित भए।
अन्त्यमा, यो खोज वा स्वयम् सापेकक्षवादको सिदान्तले पनि आइन्स्टाइनलाई विज्ञानको सर्वश्रेष्ठ नोबेल पुरस्कार प्रदान गरेन र गर्दैन। किनभने नोबेल पुरस्कार मृत्यु पर्यन्त्र दिईदैन र उनको मृत्यु भएको पनि आधा शताब्दी भन्दा बढी भैसकेको छ। उनि जिवितै हुँदा सापेकक्षवादका कुनै सिदान्त प्रमाणित हुनै सकेका थिएनन् र नोबेल पुरस्कार अप्रमाणित सिदान्तलाई प्रदान गरिन्न। यकिनका साथ भन्न नसके पनि यो पटकको नोबेल पुरस्कार गुरुत्वाकर्षण तरङ्गको खोजकर्ताले नै पाउने अनुमान छ। हेर्न रमाइलो के हुने छ भने ३ भन्दा बढी व्यक्तिलाई नोबेल वितरण गरिन्न तर यो खोजमा एक हजार बैज्ञानिकको संग्लग्नता छ।
Don't want to miss our updates about our activities astronomy and space science outreach, education and reasearch in Nepal, follow us at our all social media channels:
Facebook: www.fb.com/NepalAstronomicalSociety
Twitter: www.twitter.com/NASONepal
YouTube: https://www.youtube.com/user/NASONepal
Google+: www.google.com/+NepalAstronomicalSociety
Blog: http://astronomy-nepal.blogspot.com
Twitter: www.twitter.com/NASONepal
YouTube: https://www.youtube.com/user/NASONepal
Google+: www.google.com/+NepalAstronomicalSociety
Blog: http://astronomy-nepal.blogspot.com
No comments:
Post a Comment