Thursday, February 18, 2010

विश्‍वव्यापी खगोल महिना- अप्रिल २०१० Global Astronomy month, GAM2010

विश्‍वव्यापी खगोल महिना- अप्रिल २०१०

खगोलको उत्सव जारी राखौं !

विश्‍वव्यापी खगोल महिना- अप्रिल २०१० मा संसार भरिका पेशावार, सिकारु, शिक्षक तथा सोखिन खगोलविदहरुलाई ब्रम्हाण्डको उत्सव मनाउन आहवान गरिन्छ । विश्‍वव्यापी खगोल महिना- एक अन्तराष्ट्रिय आयोजना हो जुन IYA२००९ का उपलब्धिहरुको आधारमा, बिभिन्न गतिबिधिहरु संचालन गरि अनुभव आदान प्रदान गर्न निर्माण गरिएको छ ।

जोशिला व्यक्तिहरुद्वारा अभिप्रेरित तथा उर्जाशिल अन्तरिष्ट्रिय समुदायको क्षमता गत सालको १००HA अन्तर्गत पुष्टि भैसकेको छ । १००HA को ऐतिहासिक सफलताको फल स्वरुप AWB द्वारा विश्‍वभरिका उत्सुक खगोलप्रेमीहरुलाई पूर्ण रुपमा एक महिना (अप्रिल २०१०) भरि खगोलको उत्सव मनाउन आहवान गरिएको हो ।

अप्रिल २०१० मा संसार भरि मनाइने विश्‍वव्यापी खगोल महिना (GAM२०१०) सामुहिक कार्यमा आधारित प्रयास हुनेछ जसको उद्देश्‍य पहिले भन्दा बढी अन्तराष्ट्रिय साथ र सहयोग जुटाउनु तथा सहभागीहरुको बढी भन्दा बढी अन्तरक्रिया गराउनु रहनेछ । GAM२०१० को प्राथमिक भाव विचार, अनुभव र सफलताको आदान प्रदान गरि बिभिन्न समुदायहरुलाई खगोलीय गतिबिधि संचालन गर्न उत्प्रेरित गर्नु रहेकोछ ।

सम्पूर्ण देशका मानिसहरु एकसाथ उमेर, जाती र विश्‍वास भन्दा माथी उठि एकजुट हुने उत्साह- पुर्ण रुपमा ब्रम्हाण्डको आश्‍चार्य प्रति समर्पित- जसले अन्तराष्ट्रिय खगोल वर्ष IYA२००९ लाई दीर्घकालीन बनाउनेछ भन्छन् माइक सिमोन्स, AWB का अध्यक्ष तथा १००HA का उपसभापति । “GAM२०१० त्यो उत्साह र उर्जामा बन्नेछ जुन एक साधारण विचारबाट सुरू भई विश्‍वव्यापी आयोजनामा परिणत हुनेछ । १००HA जस्तै यो पनि खगोल प्रेमी समुदाय बीच एक सामाजिक उत्थान हुनेछ।

उपलब्ध एक महिनामा GAM२०१० का स्थानिय गतिविधि आयोजकहरुलाई २००९को १००HA को तुलनामा ४ वटा मुख्य फाइदा हुनेछ : १) आफुलाई उपयुक्त समय हुने गरि आ-आफ्नो देशमा विस्त्रित योजना तयार पार्न सकिने, २) मौसमले साथ नदिएको खण्डमा बाह्य गतिविधि सोहि महिनामा पुन आयोजना गर्न सकिने, ३) जनमानस तथा सहभागीहरुलाई अझ बढी कार्यक्रम तथा आयोजनासंग साक्षतकार गराउन सकिने र ४) खगोल विज्ञान सम्बन्धि प्रेरणा लिने अवसर- प्रेरणा दिने अवसर- विश्‍वभर खगोलसंग सम्बन्धित व्यक्ति चिन्न सकिने ।

GAM२०१०मा खगोलविद तथा जनमानस दुवैकालागी रोचक कार्यक्रम समावेश गरिएकोछ:

वेधशालाबाट मात्र नभई सार्वजनिक स्थानबाट पनि चन्द्रमा, शनि ग्रह तथा अन्य आकाशिय पिण्ड हेर्न दुर-दर्शक यन्त्र उपलब्ध गराउने, धेरै टाढा अवस्थित पिण्डको पूर्णअँध्यारो आकाशमा अवलोकन गराउने, मेसिअर म्याराथोन, लिरिड उल्का वर्षा अवलोकन तथा खगोल दिवस (अप्रिल २४) को वार्षिकोत्सव मनाउन विभिन्न कार्यक्रमको आयोजना, आदि केहि प्रस्तावित आयोजना हुन भने अन्य कार्यक्रममा खासगरि IYA२००९मा बनाइएका विश्‍वव्यापी कार्यक्रम, ईन्टर्नेटद्वारा नियन्त्रित टेलिस्कोपबाट अवलोकन, विषेश प्रदर्शनिको प्रतक्ष प्रसारण, अन्य प्रदर्शनिहरु, सहभागीहरु माझ विभिन्न प्रतियोगिता, आदि पर्दछन् ।

सबै क्रियाकलापको केन्द्रविन्दु GAM२०१० वेबसाईट हो जसमा सम्पुर्ण कार्यक्रमको जानकारी छ र साथै यो विचार तथा परिणाम आदानप्रदानको थलो पनि हो । अन्तराष्ट्रिय साझेदारीलाई मुख्य आधार मानेर कार्यक्रम आयोजना गरी विश्‍वसमुदायको भावना उजागर गर्नु यसको प्रमुख लक्ष हो ।

GAM२०१० अनलाइन ब्रोडकास्ट च्यानल अन्तर्गत संसारभरिका कार्यक्रम आयोजकहरुले आफ्नो कार्यक्रमको भिडियो राख्‍न पाउने छन्, आफ्नो अनुकुल विषयमा सर्वसाधरण माझ जनचेतना फैलाउन सक्नेछन् तथा आफ्नो कार्यक्रममा संसारको अन्य कुनै भागबाट भएको कार्यक्रम पनि समावेश गर्न सक्ने छन् ।

महत्वपूर्ण जानकारी तथा कार्यक्रमकालागी GAM२०१० ब्लग मा सम्पर्क गर्न सकिनेछ । यसमा GAM ब्लग सँग सम्बन्धित व्यक्तिहरुले कार्यक्रम तथा योजना बारे प्रष्ट पार्नेछन् भने स्थानिय आयोजकहरुले पनि आफ्नो कार्यक्रमको सुचना राख्‍न पाउनेछन् । दर्शकको संख्‍या तथा उत्तेजना बढाउन संचार माध्यमको सहयोग लिइनेछ ।

आउनुहोस र अप्रिल महिनाको यस माहान उत्सवमा सहभागी हुनुहोस किनभने विश्‍वव्यापी खगोल महिनाले संसारभरिका हजारौं मानिस र सैयौं संस्थाहरुलाई आफ्नो उत्सुकता तथा नवाचार आदानप्रदान गर्न र एक व्यक्ति, एक आकाश को भाव उजागर गर्न एकसाथ उभ्याउनेछ ।

####

थप जानकारीकालागी:

AWB को जानकारी:

AWB (एस्ट्रोनोमर्स विदआउट बोर्डर्स) एक अन्तराष्ट्रिय संस्था हो जुन राष्ट्रिय तथा सांस्क्रितिक सिमाना भन्दा माथी उठी विश्‍वव्यापी खगोलको अपिलहरु बीच सम्बन्ध बनाई समझदारी र सदिक्षा कायम गर्न समर्पित रहेकोछ । AWB ले एक आधारभूत कुराको साझेदारी गर्छ, त्यो हो- आकाशको साझेदारी ।

सम्पर्कको लागि:

माइक सिमोन्स

अध्यक्ष, एस्ट्रोनोमर्स विदआउट बोर्डर्स

सभापति, GAM२०१०, कार्यकारी समुह

mikes@gam-awb.org

‌‌+१ ८१८ ४८६ ७६३३

ओएना सांडू

GAM२०१०, पब्लिक रिलेसन्स कोअर्डिनेटर

oana@gam-awb.org

+४० ७२४ ०२४ ६२५

नेपाल एस्ट्रोनोमिकल सोसाईटी (नासो)

एच बि कम्प्लेक्स, ललितपुर

info.naso@gmail.com



No comments:

Post a Comment