Sunday, September 7, 2025

आज राति खग्रास चन्द्रग्रहण

आज राति खग्रास चन्द्रग्रहण लाग्दैछ । खग्रास चन्द्रग्रहण हेर्न कुनै उपकरण चाहँदैन तर टेलिस्कोप वा दुरविनको माध्यमले थप विस्तृतमा हेर्न सकिन्छ । आज राति १०:१२ बजे सुरू भएर भोलि विहान ०१:४१ बजे सकिनेछ । मौसमले साथ दिएमा तपाईँहरूले आफ्नो घरको छत वा नजिकैको खुल्ला स्थानबाट हेर्न सक्नुहुनेछ । राति ११:१५ बजे देखी विहान ००:३७ बजेसम्म  चन्द्रमा पृथ्वीको सघन छायाँमा रहनेछ जसलाई खग्रास समय भनिन्छ । यो बेला चन्द्रमा रातो देखिने हुन्छ । तर ईन्टनेटमा भनेजस्तो र राखिएको फोटोहरू जस्तो हुदैन। बाँकी समय पृथ्वीको छायाँले चन्द्रमालाई ढाक्दै र छोड्दै जानेछ जुन समय खण्डग्रास समय हो । आफैं हेरेर सहि र गलत छुट्याउने होइन त? यो सूचनालाई ग्रहण हेर्न ईच्छुक सबैमा शेयर गरौं ।  धन्यवाद् ।

PS: If weather permits and you manage to capture the picture or video of the eclipse tonight, please feel free to share with us at nasonepal[at]gmail.com so that we will feature your work! For any queries, please feel free to contact our office at +9779843708248