मिति: २०८२/०७/२१
लामो समयको अथक प्रयास पश्चात् हाम्रो देश खगोल विज्ञानको सर्वोच्च संस्था ईन्टरनेशनल एष्ट्रोनोमिकल युनियन (IAU) को सदस्य राष्ट्रभएको जानकारी गराउन पाउँदा हामी निकै गौरवान्वित छौं । नेपालका लागि यो एक ऐतिहासिक उपलब्धि हो। अझ नेपालको प्रतिनिधित्व गर्नेसंस्थाको रूपमा नेपाल एष्ट्रोनोमिकल सोसाइटी (NASO) लाई IAU ले राष्ट्रिय सदस्य (National Member) का रूपमा मान्यता दिएसंगै हाम्रो सन् २००७ देखिको नेपालमा संचालित कार्यक्रमहरूको औचित्य पुष्टि गर्न सफल भएकोमा हाम्रो सम्पूर्ण समुदाय थप गौरवान्वित भएका छौं ।
गत वर्ष (सन् २०२४ मा) दक्षिण अफ्रिकाको केप टाउन शहरमा सम्पन्न IAU को ३२औं महासभा (General Assembly GA XXXII)मा नेपालले आधिकारिक रूपमा Observer Status प्राप्त गरेको हो । उक्त महासभामा NASO को तर्फबाट परियोजना संयोजक मनिषा द्वाकोसहभागिता तथा प्रस्तुति रहेको थियो ।
यो सुखद् समाचार हामीलाई IAU का नवनिर्वाचित अध्यक्ष (President-elect) तथा सन् २०११ का नोबेल पुरस्कार विजेता (भौतिकशास्त्र)प्रोफेसर ब्रायन पी. श्मिड्ट (Professor Brian P. Schmidt) ले वि.सं. २०८२ साल कार्तिक १८ गते मंगलबार एकआधिकारिक ईमेल मार्फत् जानकारी गराउनु भएको हो । उहाँ लेख्नुहुन्छ "NASO संग गरिएका संवाद र पत्राचारका आधारमा IAU कार्यकारी समितिले नेपालका लागिराष्ट्रिय सदस्यका रूपमा NASO लाई चयन गरेको छ, जसले नेपालको सम्पूर्ण खगोल समुदायको प्रतिनिधित्व गर्ने अपेक्षा गरिएको छ।”
यो निर्णयले नेपाललाई अन्तर्राष्ट्रिय खगोल विज्ञान समुदायमा थप सशक्त रूपमा सहभागी हुन, विश्वव्यापी वैज्ञानिक सहकार्यमा योगदानदिन र खगोल तथा अन्तरिक्ष अनुसन्धानका क्षेत्रमा नयाँ अवसरहरू सिर्जना गर्न मार्ग प्रशस्त गरेको छ। यो सम्पूर्ण नेपाली वैज्ञानिक समुदायका लागिगर्वको क्षण हो । IAU बाट प्राप्त यो मान्यता हाम्रो दशकौँको प्रयासको मान्यता हो र यसले हामीलाई अझ बलियो रूपमा भविष्यका अनुसन्धानकर्तार वैज्ञानिकहरू तयार गर्न प्रेरित गर्नेछ। हामी नेपालका आवाजलाई विश्व खगोल समुदायमा सशक्त रूपमा प्रस्तुत गर्न प्रतिबद्ध छौं ।
हामी सन् २००७ देखि नेपालमा खगोलशास्त्र शिक्षण, अनुसन्धान र जनचेतनाका क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै आईरहेका छौं। हाललाईIAU बाट प्राप्त Observer Status ले नेपाललाई अन्तर्राष्ट्रिय सहकार्य, वैज्ञानिक ज्ञान आदान–प्रदान, र अन्तरिक्ष विज्ञानमा क्षमतावृद्धि गर्ने अवसरप्रदान गर्नेछ। हामीले यसलाई निकट भविष्यमा नेपाललाई IAU को Full Membership प्राप्त गर्ने दिशामा एउटा महत्वपूर्ण माइलस्टोनकारूपमा लिएका छौं ।
नेपाल तथा विदेशमा कार्यरत ईन्टरनेशनल एष्ट्रोनोमिकल युनियनको व्यक्तिगत सदस्यता लिन योग्य नेपाली नागरिकहरूलाई उक्तसदस्यताको लागि आफ्नो आवेदन दर्ता गराउन हुन हार्दिक अनुरोध गर्दछौं । साथै, आवेदनका क्रममा कुनै कठिनाइ भए हाम्रो कार्यालयमा सम्पर्कगर्नुहुन अनुरोध छ । आवेदन सम्बन्धित सम्पूर्ण जानकारी तथा आवेदन फारम यहाँ https://www.iau.org/Iau/News/Ann2025/ann25022.aspx उपलब्ध छ ।
हामी आशा गर्छौं, यहाँहरूको साथ,सहयोग र सहकार्यमा हामी नेपाललाई यस क्षेत्रबाट विश्वमा थप उचाईमा पुर्याउन सफल हुनेछौं ।
धन्यवाद्,
सुरेश भट्टराई
अध्यक्ष
नेपाल एष्ट्रोनोमिकल सोसाइटी (NASO)