Showing posts with label Telescope Gift. Show all posts
Showing posts with label Telescope Gift. Show all posts

Thursday, July 29, 2021

प्रेस विज्ञप्ति: श्री पञ्चकन्या माध्यमिक विद्यालयलाई टेलिस्कोप उपहार

 मिति: श्रावण १४, २०७८


प्रेस विज्ञप्ति
श्री पञ्चकन्या माध्यमिक विद्यालयलाई टेलिस्कोप उपहार

नेपाली सांगीतिक क्षेत्रका एक नक्षत्र श्री योगेश्वर अमात्यज्युले हाम्रो संपर्कमा रही राम्रो प्रदर्शन गरिरहेका सामुदायिक विद्यालयहरूमध्ये एकलाई टेलिस्कोप उपहार दिने इच्छा व्यक्त गरेसंगै उक्त टेलिस्कोप छाउनीस्थित श्री पञ्चकन्या माध्यमिक विद्यालयलाई प्रदान गर्ने निर्णय गरियो। उक्त निर्णय बमोजिम आज विद्यालयका प्रधानाध्यापक श्रीमती रुपा मानन्धरज्युलाई उक्त टेलिस्कोप हस्तान्तर गरिएको छ। टेलिस्कोप पाएर विद्यालयका शिक्षक/शिक्षिका तथा विद्यार्थी निकै हर्षित देखिएका छन्। आगामी दिनमा उक्त टेलिस्कोपको समुचित उपयोग गर्न विद्यालय प्रशासन एवं विद्यार्थी भाइबहिनीहरूलाई हाम्रो निरन्तर सहयोग रहनेछ।


सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको खगोल तथा अन्तरिक्ष विज्ञान प्रतिको रुचि थप उजागर गर्न टेलिस्कोप उपहार दिएर हौसला बढाईदिनुभएकोमा हामी श्री योगेश्वर अमात्यज्यु प्रति हार्दिक धन्यवाद् तथा आभार व्यक्त गर्दछौं। साथै, यस कार्यक्रमलाई समन्वय गर्नुहुने मेक इन्जिनियरीङ्गका श्री अर्केत महर्जनज्युलाई हार्दिक धन्यवाद् व्यक्त गर्दछौं।

कार्यक्रम सम्बन्धि थप जानकारी चाहिएमा हाम्रो कार्यालयमा संपर्क गर्नुहोला।

धन्यवाद्,
सुरेश भट्टराई 
अध्यक्ष
नेपाल एष्ट्रोनोमिकल सोसाईटी