Sunday, March 21, 2021

प्रेस विज्ञप्ति: नेपाली विद्यार्थीका लागि क्युब्स इन स्पेस नासो २०२१ आयोजना हुने

मिति: चैत ८, २०७७



प्रेस विज्ञप्ति
नेपाली विद्यार्थीका लागि क्युब्स इन स्पेस नासो २०२१ आयोजना हुने


नेपालमा स्टिम शिक्षालाई प्रवर्द्धन गर्ने हाम्रो अभियानलाई अगाडी बढाउदै नेपाली विद्यार्थीहरुका लागि अन्तर्राष्ट्रियस्तरको थप अवसर सृजना गर्ने क्रममा अमेरिकी संस्था idoodleedu Inc संग सहकार्य गर्दै नेपालमै पहिलोपटक विद्यालयतहका विद्यार्थीहरुका लागि 'क्युब्स इन स्पेस नासो २०२१' कार्यक्रम आयोजना गर्दैछौं।

अप्रिल १० देखि मे १५ सम्म संचालन हुने पाँच हप्ते विषेश कार्यशालामा ११ देखि १८ वर्ष उमेर समूहका विद्यालयतहमा अध्ययनरत वा विद्यालयतहको पढाइ सकेका तर विश्वविद्यालयतहमा भर्ना नभएका विद्यार्थीले सहभागिता जनाउन सक्नेछन्। देशभरीका विद्यार्थीहरुको पहुँच पर्याउने हेतुले कार्यक्रमको चारहप्ता विद्यार्थीले घरबाटै सहभागी हुन सक्नेछन् भने पाचौं हप्ता काठमाडौं आउनुपर्नेछ।

क्युब्स इन स्पेस एउटा ग्लोबल इन्जिनियरीङ्ग डिजाईन कम्पिटिसन हो जसमा विद्यार्थीहरूले आफ्ना प्रयोगहरु (Experiments) नासा साउन्डिङ्ग रकेट तथा जेरो प्रेसर साईन्टिफिक बेलुन मार्फत् स्पेस वा नियर स्पेस ईन्भाईरोमेन्टमा पठाउन सक्नेछन्। यसको लागि विद्यार्थीहरूले आफ्नो योजना बनाउने, मूल्याङ्कनमा पठाउने र छनौट भए भर्जिनिया स्थित 'क्युब्स इन स्पेस' को अफिस पठाउनुपर्ने हुन्छ।

क्युब्स इन स्पेस मा सहभागीताको लागि तयारी स्वरुप नेपालमा संचालन गरिने यस कार्यशालामा यो वर्ष जम्मा ५० विद्यार्थी भर्ना गरिनेछ जहाँ सहभागीहरूलाई अन्तरिक्ष विज्ञान संबन्धि विभिन्न ज्ञान दिदै विभिन्न अन्तरिक्ष वातावरण तथा पक्षहरूको बारेमा सिकाउनुका साथै विद्यार्थीहरुलाई प्रयोगहरु (Experiments) डिजाईन गर्न लगाइनेछ। यो कार्यक्रमबाट यस वर्ष दुईवटा क्युब्स अमेरिका पठाइनेछ।

कार्यक्रमबारे थप जानकारी तथा सहभागीताको लागि हाम्रो कार्यालयमा संपर्क गर्नुहोला।


धन्यवाद्,
सुरेश भट्टराई
अध्यक्ष
नेपाल एष्ट्रोनोमिकल सोसाईटी

Wednesday, March 10, 2021

प्रेस विज्ञप्ति: आठौं राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडको आवेदन आह्वान!

 मिति: फागुन २५,२०७७


प्रेस विज्ञप्ति
आठौं राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडको आवेदन आह्वान

सन् २०२१ को लागि संचालन गरिने आठौं राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडको आवेदन आज खुलेको छ। विद्यालयतहका विद्यार्थीहरुको प्रतिभा पहिचान तथा प्रवर्द्धनका लागि सन् २०१४ देखि संचालित कार्यक्रममा यस वर्ष कक्षा ८ देखी १२ सम्मका विद्यार्थीले आवेदन दिन सक्नेछन्। विद्यार्थीको तहगत सिकाइलाई ध्यान दिदै राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाड जुनियर र सिनियर गरी दुई विधामा आयोजना गरिनेछ। जस अन्तर्गत कक्षा ८-१० सम्मका विद्यार्थीले जुनियरमा आवेदन दिन सक्नेछन् भने ११-१२ का विद्यार्थीले सिनियरमा आवेदन दिन सक्नेछन्।

ओलम्पियाडको पहिलो चरण/छनौट परिक्षा प्रादेशिक चरणको रुपमा यहि अप्रिल १०, २०२१ (चैत्र २८, २०७७) शनिबार बिहान दिउँसो १२ बजेदेखि २ बजेसम्म इटहरी, जनकपुर, काठमाडौं, पोखरा, बुटवल, सुर्खेत तथा धनगढीमा आयोजना गरिनेछ। ईच्छुक विद्यार्थीहरूले आवेदन फारम आफुलाई पायक पर्ने संबन्धित प्रदेशका हाम्रो संयोजक तथा सदस्यहरुलाई बुझाउन वा हाम्रो कार्यालयमा सिधै इमेल (naso.office@gmail.com) गर्न सक्नेछन्।

प्रदेश चरणमा गरेको प्रदर्शनका आधारमा दोस्रो चरण (राष्ट्रिय चरण) मा संबन्धित प्रदेशका विद्यार्थीहरुलाई सामेल गराइनेछ। यसरी दोस्रो चरणमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरुलाई तेर्सो तथा अन्तिम चरणमा सहभागी गराइनेछ। तेस्रो चरणको मूल्याङ्कन मार्फत् सहभागी विद्यार्थीहरूलाई यो वर्ष संचालन हुने अन्तर्राष्ट्रिय एस्ट्रोनोमी तथा एस्ट्रोफ़िसिक्स ओलम्पियाडहरुको लागि सिफारिस गरिनेछ।

कार्यक्रमको आवेदन फारम तथा सम्बन्धि सम्पूर्ण जानकारी www.nepalastronomicalsociety.org/olympiad मा उपलब्ध छ।

कार्यक्रम संबन्धि जिज्ञासा तथा थप जानकारीको लागि कार्यालयको मोबाईल नं ९८४३७०८२४८ मा सम्पर्क गर्न सक्नुहुनेछ ।

धन्यवाद्,
सुरेश भट्टराई
अध्यक्ष
नेपाल एष्ट्रोनोमिकल सोसाईटी