Showing posts with label Senior Category. Show all posts
Showing posts with label Senior Category. Show all posts

Monday, December 18, 2023

प्रेस विज्ञप्ति: एघारौँ राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाड २०२४ को आवेदन खुल्ला!

मितिः पुष २, २०८० 

प्रेस विज्ञप्ति
एघारौँ राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाड २०२४ को आवेदन खुल्ला 

सन् २०२४ को लागि संचालन गरिने एघारौँ राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडको आवेदन आजबाट खुल्ला गरिएको छ । विद्यालयतहका विद्यार्थीहरुको प्रतिभा पहिचान तथा प्रवर्धनका लागि सन् २०१४ देखि संचालित कार्यक्रममा यस वर्ष कक्षा ८ देखि १२ मा अध्ययनरत १३ देखि २० वर्ष उमेर समुहका विद्यार्थीले आवेदन दिन सक्नेछन् । विद्यार्थीको तहगत सिकाइलाई ध्यान दिदै राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाड सन् २०१९ देखि जुनियर र सिनियर गरी दुई विधामा आयोजना गरिदैंछ । जस अन्तर्गत कक्षा ८–१० सम्मका विद्यार्थीले जुनियरमा आवेदन दिन सक्नेछन् भने ११–१२ का विद्यार्थीले सिनियरमा आवेदन दिन सक्नेछन्। 

ओलम्पियाडको पहिलो चरण (छनौट परिक्षा) प्रादेशिक चरणको रुपमा यहि जनवरी २७, २०२४ (माघ १३, २०८०) शनिबार दिउँसो १२ बजेदेखि २ बजेसम्म इटहरी, जनकपुर, काठमाडौं, पोखरा, बुटवल, सुर्खेत तथा धनगढीमा आयोजना गरिनेछ । ईच्छुक विद्यार्थीहरूले आवेदन फारम आफुलाई पायक पर्ने संबन्धित प्रदेशका हाम्रो संयोजकलाई बुझाउन सक्नेछन् । प्रदेश चरणमा गरेको प्रदर्शनका आधारमा दोस्रो चरण (राष्ट्रिय चरण) मा संबन्धित प्रदेशका विद्यार्थीहरुलाई सामेल गराइनेछ । यसरी दोस्रो चरणमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरुलाई तेस्रो तथा अन्तिम चरणमा सहभागी गराइनेछ । तेस्रो चरणको मूल्याङ्कन मार्फत् सहभागी विद्यार्थीहरूलाई सन् २०२४ मा संचालन हुने अन्तर्राष्ट्रिय एस्ट्रोनोमी तथा एस्ट्रोफिजिक्स् ओलम्पियाडहरुको लागि सिफारिस गरिनेछ ।

कार्यक्रमको आवेदन फारम तथा सम्बन्धित सम्पूर्ण जानकारी www.nepalastronomicalsociety.org/olympiad मा उपलब्ध छ। कार्यक्रम सम्बन्धि जिज्ञासा तथा थप जानकारीको लागि कार्यालयको मोबाईल नं ९८४३७०८२४८ मा सम्पर्क गर्न सक्नुहुनेछ ।

धन्यवाद्, 
सुरेश भट्टराई
अध्यक्ष
नेपाल एष्ट्रोनोमिकल सोसाईटी

Wednesday, March 10, 2021

प्रेस विज्ञप्ति: आठौं राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडको आवेदन आह्वान!

 मिति: फागुन २५,२०७७


प्रेस विज्ञप्ति
आठौं राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडको आवेदन आह्वान

सन् २०२१ को लागि संचालन गरिने आठौं राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडको आवेदन आज खुलेको छ। विद्यालयतहका विद्यार्थीहरुको प्रतिभा पहिचान तथा प्रवर्द्धनका लागि सन् २०१४ देखि संचालित कार्यक्रममा यस वर्ष कक्षा ८ देखी १२ सम्मका विद्यार्थीले आवेदन दिन सक्नेछन्। विद्यार्थीको तहगत सिकाइलाई ध्यान दिदै राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाड जुनियर र सिनियर गरी दुई विधामा आयोजना गरिनेछ। जस अन्तर्गत कक्षा ८-१० सम्मका विद्यार्थीले जुनियरमा आवेदन दिन सक्नेछन् भने ११-१२ का विद्यार्थीले सिनियरमा आवेदन दिन सक्नेछन्।

ओलम्पियाडको पहिलो चरण/छनौट परिक्षा प्रादेशिक चरणको रुपमा यहि अप्रिल १०, २०२१ (चैत्र २८, २०७७) शनिबार बिहान दिउँसो १२ बजेदेखि २ बजेसम्म इटहरी, जनकपुर, काठमाडौं, पोखरा, बुटवल, सुर्खेत तथा धनगढीमा आयोजना गरिनेछ। ईच्छुक विद्यार्थीहरूले आवेदन फारम आफुलाई पायक पर्ने संबन्धित प्रदेशका हाम्रो संयोजक तथा सदस्यहरुलाई बुझाउन वा हाम्रो कार्यालयमा सिधै इमेल (naso.office@gmail.com) गर्न सक्नेछन्।

प्रदेश चरणमा गरेको प्रदर्शनका आधारमा दोस्रो चरण (राष्ट्रिय चरण) मा संबन्धित प्रदेशका विद्यार्थीहरुलाई सामेल गराइनेछ। यसरी दोस्रो चरणमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरुलाई तेर्सो तथा अन्तिम चरणमा सहभागी गराइनेछ। तेस्रो चरणको मूल्याङ्कन मार्फत् सहभागी विद्यार्थीहरूलाई यो वर्ष संचालन हुने अन्तर्राष्ट्रिय एस्ट्रोनोमी तथा एस्ट्रोफ़िसिक्स ओलम्पियाडहरुको लागि सिफारिस गरिनेछ।

कार्यक्रमको आवेदन फारम तथा सम्बन्धि सम्पूर्ण जानकारी www.nepalastronomicalsociety.org/olympiad मा उपलब्ध छ।

कार्यक्रम संबन्धि जिज्ञासा तथा थप जानकारीको लागि कार्यालयको मोबाईल नं ९८४३७०८२४८ मा सम्पर्क गर्न सक्नुहुनेछ ।

धन्यवाद्,
सुरेश भट्टराई
अध्यक्ष
नेपाल एष्ट्रोनोमिकल सोसाईटी 

Sunday, May 17, 2020

NAO2020 Pre-closed Camp Result Published Today!

The result of the Pre-Closed Camp of the 7th National Astronomy Olympiad 2020 senior category, published today! Pre-Closed is the second round of the National Astronomy Olympiad (NAO) program in Nepal. It was held during February 15-March 15, 2020 students selected from the first rounds were provided different assignments. Based on the evaluation of the submissions of the assignments by the participants, 40 students have been selected for the final round i.e. closed camp of NAO.


Selected students will be invited to participate at the Closed Camp session to be held during Jun/July this year. Due to COVID-19 pandemic, we are working on online version of the closed camp.

Students are requested to contact our office for further details. We also request them to check their emails regularly for updates/preparation for the upcoming closed camps sessions.

Congratulations to all the selected students!