Showing posts with label SAARC. Show all posts
Showing posts with label SAARC. Show all posts

Wednesday, August 25, 2021

प्रेस विज्ञप्ति: आजबाट हामी पन्ध्रौं वर्षमा प्रवेश!


मिति: भदौ ९, २०७८


प्रेस विज्ञप्ति
आजबाट हामी पन्ध्रौं वर्षमा प्रवेश

नेपालमा खगोल तथा अन्तरिक्ष विज्ञान सम्बन्धि जनचेतनामुलक गतिविधि गर्दै, यस क्षेत्रमा अध्ययन एवं अनुसन्धानका लागि वातावरण सृजना गर्ने अभियानका साथ वि. सं. २०६४ सालबाट शुरु भएको हाम्रो यात्रा विभिन्न आरोह/अवरोह पार गर्दै आजबाट विधिवत् रूपमा चौध वर्ष पुरा गर्दै पन्ध्र वर्षमा प्रवेश गरेको जानकारी यहाँहरुसामु प्रस्तुत गर्न पाउँदा निकै हर्षित छौं। हामीलाई थाहा छ यो हर्षसंगै थप चुनौतीहरू हामीसामु आउँनेछन्। देश तथा विदेशमा रहनुहुने हाम्रा कनिष्क, असोसियट, साधारण, आजीवन सदस्यहरू तथा अहोरात्र खट्ने स्वयंसेवकहरु यस्ता चुनौतीहरूको सामना गर्दै देशमा थप अवसरका आयामहरु सृजना गर्न सधैं अग्रसर रहने कुरा यसै प्रेस विज्ञप्ति मार्फत् व्यक्त गर्न चाहन्छौं ।


नेपाललगायत एसियाप्रशान्त एवं मध्यपूर्व क्षेत्रका देशहरूमा हाम्रो ज्ञानलाई बाढ्ने अभियानमा हामीलाई विश्वास गरी सहकार्यका लागि अग्रसर विभिन्न संघ/संस्था/विद्यालय तथा विश्वविद्यालयहरू प्रति हामी आभार व्यक्त गर्दछौं। नेपालमा बसेर के नै गर्न सकिएला र? भन्नेहरुका लागि हाम्रो अभियान आफैंमा एउटा चुनौती हुन सक्छ।

साथै विगतका भोगाइहरूबाट प्राप्त अनुभवसंगै यहाँहरूको साथ र सहयोगमा नेपाल अनि नेपालीको विश्वमानचित्रमा एउटा छुट्टै पहिचान बनाउने प्रयासलाई अझै सशक्त बनाउँदै लैजानेछौं। यसै सिलसिलामा कोभिड-१९ कै महामारीबीच केहि महत्त्वाकाङ्क्षी योजनाहरू सुरु गर्ने प्रयास गर्दैछौं। यस्ता महत्त्वाकाङ्क्षी योजनाहरूबारे आगामी दिनमा थप जानकारी दिदै जानेछौं।

विगत् १४ वर्षमा यहाँहरुले देखाउनुभएको सद्भाव, माया, विश्वास, सहयोगको लागि हार्दिक धन्यवाद् आभार व्यक्त गर्न चाहन्छौं। साथै, आगामी दिनमा अझै धेरै सहयोग, साथ, विश्वास र मायाको अपेक्षा पनि गर्दछौं।


धन्यवाद्।
सुरेश भट्टराई
अध्यक्ष
नेपाल एष्ट्रोनोमिकल सोसाईटी