Showing posts with label MoU singing Ceremony. Show all posts
Showing posts with label MoU singing Ceremony. Show all posts

Tuesday, August 17, 2021

प्रेस विज्ञप्ति: दुईदेशीय खगोल विज्ञानको विकासका लागि संझौता!

 मिति: भदौ १, २०७८


प्रेस विज्ञप्ति
दुईदेशीय खगोल विज्ञानको विकासका लागि संझौता

दक्षिणपूर्वी एसियाली राष्ट्र ब्रुनेईमा नेपालमा अभ्यास गरिएका खगोलविज्ञान संबन्धि गतिविधि प्रचारप्रसार गर्न र नेपालमा यस क्षेत्रमा काम गर्दा संकलित ज्ञान हस्तान्तरण गर्दै खगोलविज्ञानको विकासका लागि सहकार्य मार्फत् अगाडि बढ्न नेपाल एष्ट्रोनोमिकल सोसाईटी (नासो) तथा ब्रुनेई दारुस्सलाम एस्ट्रोनोमिकल सोसाइटी (पाब्ड) बीच पन्ध्र वर्षको लागि सहमति भएको जानकारी गराउँन पाउँदा निकै हर्षित छौं।


गत साउन ३२ गते सोमबार आयोजित भर्चुअल भेलामा दुवैसंस्थाका अधिकारीहरूको उपस्थितिमा नेपाल एष्ट्रोनोमिकल सोसाईटीको तर्फबाट संस्थाका अध्यक्ष सुरेश भट्टराई तथा ब्रुनेई दारुस्सलाम एस्ट्रोनोमिकल सोसाइटीका तर्फबाट संस्थाका अध्यक्ष अवाङ् हाजी महादी बिन हाजी ताहिरले संझौतापत्रमा हस्ताक्षर गर्नुभयो।

सहमति अनुसार दुवै संस्थाले विभिन्न चार मुख्य क्षेत्रको प्रचारप्रसार तथा कार्यान्वयनका लागि काम गर्नेछन्।
  • विभिन्न तथ्याङ्क केन्द्रित नागरिक विज्ञान परियोजनाहरू आयोजना गर्ने
  • खगोलविज्ञान संबन्धि दुईदेशीय सञ्चार संजालको समन्वय गर्ने
  • यस्ता गतिविधिहरूलाई कार्यान्वयन गर्न आवश्यक कोष संकलन गर्ने
  • दुवै देशमा खगोलविज्ञानको विकासलाई टेवा पुर्याउन आपसी हितका अन्य क्षेत्रहरुमा सहकार्य गर्ने
यस सहमतिले दुवै देशमा बलियो वैज्ञानिक समुदाय निर्माण गर्न, खोज अनुसन्धानको वातावरण बनाउन, विभिन्न तालिम तथा अन्तरक्रिया कार्यक्रमहरू मार्फत् दुईदेशीय क्षमता विकास गर्न तथा संयुक्त खगोलविज्ञान परियोजनाहरू संचालन गर्न भूमिका खेल्ने आशा लिईएको छ।
नेपालमै बसेर नेपाली तथा विश्वसमुदायको लागि काम गर्ने हाम्रो अभियान जारी छ। यो कार्य कठिन भएता पनि असम्भव भने होइन भन्ने संदेश देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमाझ व्यक्त गर्न चाहन्छौं। नेपाल एष्ट्रोनोमिकल सोसाईटीको टोलीलाई यदि राज्यको साथ, समर्थन तथा सहयोग भए विश्वमानचित्रमा खगोलविज्ञानको क्षेत्रमा नेपालको विशेष/छुट्टै छवि बनाउने हाम्रो अभियानलाई द्रुतगतिमा अगाडि बढाउन सकिने कुरा पनि यसै प्रेस विज्ञप्ति मार्फत् व्यक्त गर्न चाहन्छौं।
सहमति तथा हाम्रा गतिविधिहरू संबन्धि थप जानकारीका लागि हाम्रो कार्यालयको संपर्क नं ९८४३७०८२४८ मा संपर्क गर्नसक्नुहुनेछ ।
धन्यवाद्,
सुरेश भट्टराई
अध्यक्ष
नेपाल एष्ट्रोनोमिकल सोसाईटी