Showing posts with label Lunar Eclipse. Show all posts
Showing posts with label Lunar Eclipse. Show all posts

Friday, June 5, 2020

नेपालबाटआज राति पेनम्ब्रल चन्द्रग्रहण देख्न सकिने!

आज सन् २०२० को दोस्रो चन्द्रग्रहण लाग्दैछ जसलाई नेपालबाट पनि देख्न सकिन्छ। यो चन्द्रग्रहण खग्रास वा खण्डग्रास नभएर पेनम्ब्रल चन्द्रग्रहण हो।यो विरल छायाँजनित ग्रहण भएकोले नेपाल पञ्चाङ्ग निर्णायक समितिले प्रकाशन अनुमति दिएका पात्रोमा यस बारेमा भेटिँदैन। पौराणिक ज्योतिष शास्त्रमा यस किसिमको ग्रहणको अस्तित्व स्विकार गरिएको देखिँदैन।

ग्रहण आज राति ११ बजेर ३० मिनेटमा सुरु भई १ बजेर ९ मिनेटमा मध्य हुनेछ भने राति २ बजेर ४९ मिनेटमा सकिनेछ।

फाईल तस्बिर: गत पुष महिनामा नेपालबाट देखिएको पेनम्ब्रल चन्द्रग्रहणको दृश्य , मनिषा द्वा

के हो पेनम्ब्रल चन्द्रग्रहण?
सुर्य र चन्द्रमाको बिचमा पृथ्वी आउँदा एउटै सरल रेखामा परेको खण्डमा चन्द्रग्रहण लाग्ने गर्छ। चन्द्रग्रहण भनेको पृथ्वीको छाँया चन्द्रमामा पर्नु हो। यस्तो छायाँ दुइ प्रकारका हुन्छन्: सघन तथा बिरल: यति चन्द्रमा पृथ्वीको विरल छायाँमा परेमा पेनम्ब्रल चन्द्रग्रहण लाग्छ। यो ग्रहण नाङ्गो आँखाले खासै छुट्याउन नसक्ने हुनाले प्रचलनमा रहेको पञ्चाङ्ग तथा पात्रोमा यसको चर्चा गरिएको पाईदैन। यस ग्रहणको बेला तस्बिर खिची केहि वैज्ञानिक परिक्षण गर्न सकिने हुनाले वैज्ञानिक समुदायको लागि यस्तो ठुलो महत्व छ।

सन् २०२० मा लाग्ने ६ वटा ग्रहणमध्ये २ वटा सुर्यग्रहण तथा ४ वटा चन्द्रग्रहण छन्। नेपालबाट भने १ सुर्य तथा ३ चन्द्रग्रहण गरी चार ग्रहण देख्न सकिनेछ। ग्रहणको प्रकृति एउटा विश्वव्यापी हुन्छ भने अर्को स्थानीय हुन्छ। जस्तै सन् २०२० को पहिलो सुर्यग्रहणको विश्वब्यापी प्रकृति वलय सुर्यग्रहण भएता पनि नेपालबाट भने खण्डग्रास मात्र देखिनेछ।

सुर्यग्रहण सम्बन्धमा: 
सन् २०२० को पहिलो सुर्यग्रहण जुन २१ तदनुसार वि. सं. २०७७ असार ७ गते आईतबारका दिन लग्नेछ। अफ्रिकाबाट सुरु भई एशियामा आएर सकिएको वलय सुर्यग्रहण नेपालबाट भने खण्डग्रास मात्रै देखिनेछ।नेपालमा खग्रास सुर्यग्रहण वि. सं. २०७७ असार ७ गते आईतबार बिहान  १० बजेर ५३ मिनेटमा सुरु भई १२ बजेर ४१ मिनेटमा मध्य हुनेछ भने  २ बजेर २४ मिनेटमा सकिनेछ। त्यस दिन ग्रहण हेर्न चाहनेहरुका लागि नेपाल एस्ट्रोनोमिकल सोसाइटीले आफ्नो कार्यालय परिसरमा अवलोकनको विशेष व्यवस्था गर्ने तयारी गरेको थियो। तर कोभिड-१९ को महामारीले गर्दा प्रत्यक्ष प्रसारण को तयारी हुदैछ।सन् २०२० को दोस्रो तथा अन्तिम सुर्यग्रहण डिसेम्बर १४ तदनुसार वि. सं. २०७७ मङ्सिर २९ गते सोमबारका दिन लग्नेछ तर नेपालबाट भने देखिने छैन।

चन्द्रग्रहण सम्बन्धमा: 
सन् २०२० को पहिलो चन्द्रग्रहण नेपालबाट जनवरी १०/११ मा देखिएको थियो। वि. सं. २०७६ पुष २५ गते शुक्रबार राति १० बजेर ५२ मिनेट मा सुरु भई १२ बजेर ५५ मिनेटमा मध्य भएको ग्रहण राति २ बजेर ५७ मिनेटमा सकिएको थियो। यो चन्द्रग्रहण खग्रास वा खण्डग्रास नभएर पेनम्ब्रल चन्द्रग्रहण थियो। सन् २०२० को दोस्रो चन्द्रग्रहण नेपालबाट देख्न सकिन्छ जुन आज राति लग्दैछ। ग्रहण जुन ५/६ तदनुसार वि. सं. २०७७ जेठ २३ गते शुक्रबार अर्थात्  आज राति ११ बजेर ३० मिनेट मा सुरु भई राति १ बजेर ९ मिनेटमा मध्य हुनेछ भने राति २ बजेर ४९ मिनेटमा सकिनेछ। यो चन्द्रग्रहण खग्रास वा खण्डग्रास नभएर पेनम्ब्रल चन्द्रग्रहण हो।

सन् २०२० को तेस्रो चन्द्रग्रहण जुलाई ५/६ को राति लाग्ने छ भने नेपालबाट देख्न सकिने छैन। यो चन्द्रग्रहण खग्रास वा खण्डग्रास नभएर पेनम्ब्रल चन्द्रग्रहण हो। सन् २०२० को चौथो तथा अन्तिम चन्द्रग्रहण नोवेम्बर ३० तदनुसार वि. सं. २०७७ मङ्सिर १५ गते सोमबार साँझ निकै छोटो समय देखिनेछ। यो ग्रहण चंद्रोमय हुनुभन्दा पहिलेनै सुरु भैसकेको हुने र चन्द्रोदय भएको केहि समयमा नै सकिने हुनाले हेर्नको लागि कुनै डांडामा जानु उचित हुनेछ।

Monday, July 23, 2018

Join us during the longest Total Lunar Eclipse of the 21st Century!

On July 27-28, 2018, humanity on earth will witness the longest lunar eclipse of the 21st century. In order to provide you an opportunity in Nepal, we will be hosting an observation on that night from our office with our different telescopes.

Don't want to miss the opportunity? Click here to register now! 


Attending the event means you get a first-hand opportunity to meet and ask your relevant questions on eclipses to our people.



Registered participants are welcomed after 11:30 PM, July 27, 2018. The observation will be open till 4:30 AM, July 28, 2018. 


Don't want to miss the opportunity? Click here to register now!


We have already coordinated with the Department of Hydrology & Meteorology, Nepal for the 'Special Weather Bulletin for Total Lunar Eclipse'. Let's hope for the clear weather!

If you have any queries, please free to send a text message as TLE2018 <Space>Your Name <Space>Your Queries at 9818734326.


Let's witness this unique celestial event with your family at our place! Looking forward to welcoming you!

Tuesday, August 8, 2017

Partial Lunar Eclipse Observed from Kathmandu!

A group of astronomy enthusiasts managed to observed the partial lunar eclipse last night despite of cloudy weather in Kathmandu. The observation program was organized at Ankur Vidhyashram, Bijay Chowk, Gausala during 10:00 PM till 01:00 AM (next day). Though it was a very late night event, we had several visitors to enjoy the eclipse with us.

Photo 1: Psoter for the observation program as advertised in our facebook page: www.fb.com/NepalAstronomicalSociety/

Photo 2: Group of visitor representing three generations (grand father, mother/father, son) waiting for clear weather at NASO office during the observation time.

Photo 3: Partial eclipse as seen from Kathmandu valley and captured by Ms. Manisha Dwa with her Canon 600D camera  
We used our 8 inch skywatcher dobsonian for the observation of the lunar eclipse where visitors also enjoyed the craters on moon and photographying themselves with telescopes!

We look forward to bring you more astronomical observing experience in coming days! Stay with us!

Note: NASO is hosted by Sano Sansar Youth Hostel (www.fb.com/sanosansarYH) and share premises with Ankur Vidhyashram located at Bijay Chowk, Gausala, Kathmandu, Nepal.

Saturday, October 11, 2014

World Space Week 2014 at Sarangkot, Pokhara!

This year, we celebrated World Space Week 2014 (WSW2014) with the kids,locals as well as visitors at Sarangkot,Pokhara,Kaski,Nepal during 8-9, 2014. Our team visited had two events as a part of WSW2014: Lunar Eclipse Observation Program on October 8, 2014 and Solar Observation Program on October 9,2014 at Sarangkot, one of the most popular hill near Pokhara Valley.

Photo 1: Children enjoying the sun and the sun spots on October 9, 2014 at Bhanjyang Village Lodge, Sarangkot, Kaski, Nepal 
'We are very lucky to have an opportunity to observe the sun with such telescope at this village',said one of the participant of the event. ' We would like to thank Nepal Astronomical Society (NASO)for choosing this village for the activities and hope to have more events in future for our children', he added.

Nainshi Dwa, who looks after NASO program in Pokhara explained,'The active participation of these children is encouraging us for more program at this place in future. I had a short talk with the locals here and they want us to address their children at school very soon.'

Photo 2: Eclipsed Moon as seen from the Sarangkot (~1,600 m), Pokhara on October 8, 2014 by Manisha Dwa, Project Coordinator at Nepal Astronomical Society (NASO)
'We were almost deprived of watching this great event from this hill as clouds started to hover in the sky and started to rain. Though we planned to photograph Draconids that night, we could only see some of them but could not capture due to shower that took place late night', said Manisha Dwa, Project Coordinator.

We are thrilled with the interest of the kinds there and wish to visit the place again with our another observation program in future.